मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीति
  • लिखित राजीनामा नै बुझाउने तयारीमा भीम रावल

लिखित राजीनामा नै बुझाउने तयारीमा भीम रावल

  • सोमवार, कार्तिक ८, २०७८
लिखित राजीनामा नै बुझाउने तयारीमा भीम रावल

धनगढी — एमालेमा १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी कार्यदलबाट राजीनामाको घोषणा गरेका एमाले उपाध्यक्ष भीम रावलले लिखित राजीनामा नै बुझाउने तयारी गरेका छन्। १० बुँदे सहमति कार्यान्वयनमा आलटाल हुने देखेपछि रावलले एकदुई दिनमै पार्टी अध्यक्षलाई लिखित राजीनामा नै बुझाउने तयारी गरेको स्रोतले बताएको छ।

गत भदौ २६ मा पार्टी एकताका लागि भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन गर्न नचाहेको भन्दै रावलले शुक्रबारको स्थायी कमिटीको बैठकमा कार्यदल संयोजकबाट राजीनामाको घोषणा गरेका थिए।

ओलीले भने १० सहमति कार्यान्वयन हुने बताएका छन्। पार्टी ०७६ जेठ २ अघि फर्किने अवस्था आउँदा रावल सुदुरपश्चिम प्रदेशको इन्चार्ज हुन्छन्। तर पार्टी अध्यक्ष ओली रावललाई त्यो जिम्मेवारीमा फर्काउन तयार छैनन्।

चर्चामा

सम्बन्धित समाचार