• होमपेज
  • समाचार
  • निर्वाचन सम्पन्न भएको चार वर्षपछि पुन: महोत्तरीको एक वडाको मतगणना हुँदै

निर्वाचन सम्पन्न भएको चार वर्षपछि पुन: महोत्तरीको एक वडाको मतगणना हुँदै

  • आइतवार, कार्तिक ७, २०७८
निर्वाचन सम्पन्न भएको चार वर्षपछि पुन: महोत्तरीको एक वडाको मतगणना हुँदै

महोत्तरी — महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मा वडा अध्यक्ष पदमा चार वर्षअघि भएको मतदानको पुनः मतगणना गरिँदैछ । सर्वोच्च अदालतको फैसला अनुसार पुनः मतगणना हुन थालेको हो ।

अदालतको ०७५ असार २१ गतेको आदेशमा उक्त वडाको पुनः मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । ०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम ८ गते सार्वजनिक भएको थियो ।

स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा तत्कालीन राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेश कुमार राय र नेपाली काँग्रेसका अरुणकुमार चौधरीले समान २६७ मत ल्याएका थिए ।

चर्चामा

सम्बन्धित समाचार