मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • नेकपा एमाले बाजुराको २४ वडामा एकै साथ अधिबेशन सुरु

नेकपा एमाले बाजुराको २४ वडामा एकै साथ अधिबेशन सुरु

  • शनिबार, कार्तिक ६, २०७८
नेकपा एमाले बाजुराको २४ वडामा एकै साथ अधिबेशन सुरु

बाजुरा — नेकपा एमाले बाजुरा यतिबेला वडा अधिबेशनमा हुमिएको छ । केन्द्रीय सर्कुलर अनुसार शनिबार एकै साथ २४ ओटा वडामा अधिबेशन संचालन गरिएको नेकपा एमाले बाजुराका प्रचार बिभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन ।
जसमा जिल्लाको बडिमालिका नगरपालिकाको वडा न २,५ र ७ मा एकै साथ अधिबेशन संचतालन गरिएको प्रचार बिभाग प्रमुख खड्काले बडिमालिका खवरलाई जानकारी दिएका छन । त्यसै गरी बुढिनन्दा ३ र ६ मा पनि अधिबेशन चलिरहेको जनाएको छ । खप्तड छेडेदह गाउँपालिका वडा न २ बाहेक १,३,४,५,६ र ७ नम्मर वडामा अधिबेशन चलिरहेको खड्काले बताएका छन ।
नेकपा एमालेको देशभरका सबै वडामा एकै साथ अधिबेशन सुरु भएसंगै शनिबार बुढिगंगा नगरपालिकाको १,२,३,४,५,६ र ८ मा अधिबेशन एकै साथ संचालनमा ल्याएको जनाएको छ । वडा न ७ मा हिजो नै अधिबेशन सम्पन्न भएको खड्काले बताएका छन ।
त्यसै गरि गौमुल गाउँपालिका ३,४,५ र वडा न ६ मा पनि अधिबेशन संचालन गरीएको नेकपा एमाले बाजुराले जनाएको छ । त्यसै गरी जगन्नाथ गाउँपालिका वडा न १ र २ को लुमामा अधिबेशन संचालन भइरहेको प्रचार बिभाग प्रमुख खड्काले जानकारी दिएका छन । सो ठाउँमा संचालन गरिएको अधिबेशनको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा संघिय सांसद लाल बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भएको नेकपा एमाले बाजुराले जनाएको छ । त्यसै गरि त्रिबेणी नगरपालिका वडा न ५ काे पनि अधिबेशन हिजाे सम्पन्न भइसकेकाे नेकपा एमाले बाजुराले जनाएकाे छ । जिल्लाकाे उत्तरी क्षेत्रका धेरै ठाउँमा फाेन सम्पर्क नभएकाेले साे क्षेत्रमा कता के भइरहेकाे छ भन्ने कुराकाे पुरा बिवरण नअाएकाे प्रचार बिभाग प्रमखु खड्काले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार