सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउपालिका ६ मा १२ परिवार पहिरोबाट बिस्तापीत

जगन्नाथ गाउपालिका ६ मा १२ परिवार पहिरोबाट बिस्तापीत

  • बिहिबार, कार्तिक ४, २०७८
जगन्नाथ गाउपालिका ६ मा १२ परिवार पहिरोबाट बिस्तापीत

बाजुरा —  लगातारको बर्षाका कारण गाउको माथिबाट आएको बर्षातका कारण जगन्नाथ गाउपालिका ६ पाल्तेबाडीका १२ परिवार बिस्तापीत भएका छन् भने २ परिवारका घर भत्केका छन् ।
घर भत्किनेमा स्थानिय गोरे सार्की र चक्र सार्कीका घर रहेका छन् । चक्र सार्कीका २ ओटा गोरु पनि पुरिएका स्थानिय रामलाल बिष्टले बताएका छ ।
पहिरोबाट बिस्तापीत १२ परिवार खिरारुख आधारभुत बिद्यालयमा आश्रय लिएर बसेका बिष्टले बताए । कार्तिक १ गतेबाट आएको पनिले २ गते राति गाउँको माथिबाट पहिरो आएपछि पाल्तेबाडी बस्ति नै उच्च जोखिममा परेकोले जनप्रतिनिधि र अन्य स्थानियले उद्धार गरेर बिद्यालयमा सारिएको उनले बताए ।
बाढीले जगन्नाथ गाउपालिकाको कार्यालय नै बगाएको छ र अन्य ठाउँमा पनि क्षेति भएको खबर आएको छ । धेरै गाउहरुमा टेलिफोन समेत लागिरहेको छैन । बिस्तापीत परिपवारलाई कसरी ब्यबस्थापन गर्ने भन्नै गाउपालिकामा छलफल गरेर पहिरोबाट बिस्तापीत परिवारलाई राहत देखी ब्यबस्थापनमा गाउँपालिकाको ध्यान केन्द्रित भएको जगन्नाथ गाउपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार