मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • फुटबल
  • तेस्रो छेडेदह कप माैसम खरावीका कारण प्रभाबित, मंगलबारबाट सुरू हुने

तेस्रो छेडेदह कप माैसम खरावीका कारण प्रभाबित, मंगलबारबाट सुरू हुने

  • सोमवार, कार्तिक १, २०७८
तेस्रो छेडेदह कप माैसम खरावीका कारण प्रभाबित, मंगलबारबाट सुरू हुने

बाजुरा — छेडेदह स्पोर्टस् क्लबद्धारा जिल्लाकै ठुलो धनराशीको तेस्रो छेडेदह कप फुटवल प्रतियोगिता माैसम खराबीका कारण एक दिन पर धकिलिएकाे छ । छेडेदह गाउपालिका ७ आटिचाैरकाे दशरथ माबिकाे खेल मैदानमा कार्तिक १ गते देखी स‌न्चालन हुने भनिएकाे फुटवल  कार्तिक २ गते देखी सुरू हुने  आयाेजकले जानकारी दिएकाे छ । लगातारकाे अबिरल बर्षाका कारण खेलाडीहरू बाटाेमै अलपत्र परेकाेले  एक दिन पर धकिलिएकाे क्लवले जनाएकाे छ ।

छेडेदह स्पोर्ट क्लबले आटीचौरमा रहेको दशरथ माध्यमिक विद्यालयको खेल मैदानमा कार्तिक १ गतेदेखि ६ गतेसम्म संचालन गरिने भनिएकाे भए पनि बाजुरामा अत्याधिक बर्षा भएका कारण म‌गलबार देखी संचालन गरिने आयाेजकले जनाएकाे छ । साेमबार सम्म प्रतियाेगितका लागि २२ टिमले भाग लिने गरी टिम दर्ता भइसकेकाे  जनाएकाे छ । खेलमा सहभागि हुने टिमले असोज ३१ गते साँझ ५ बजेभित्र टिम दर्ता गरिसक्नु पर्ने भनिए माैसम खराबीका कारण  प्रतियोगिताको टिम दर्ताका लागि  कार्तिक २ गते बिहान १० बजे सम्मका लागि थप गरिएकाे क्लवले जनाएकाे छ ।

No description available.

“हरेक वर्षको दशै तिहार बिषेश खेल पर्व, खेल क्षेत्रको विकास र ‘प्रर्वद्धन हाम्रो गर्व’ भन्ने मुल नाराका साथ भव्य रुपमा तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता संचालन हुने खेल माैसमका कारण एक दिन पर धकिलिएकाे हाे ।

फुटबल प्रतियोगितामा विजेतालाई २ लाख २२ हजार २ सय २२ नगद सहीत मेडल ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ भने उपविजेतालाई १ लाख ११ हजार १ सय ११ नगद सहीत मेडल ट्रफि सहीत प्रमाण पत्र प्रदान गरिने र खेलमा उत्कृष्ष्ट खेलाडी, उदय मान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सार्वाधिक गोल कतौलाई पुरस्कार सहीत मेडल र प्रमाण–पत्र प्रदान गरिने छेडेदह स्पोर्टस् क्लबका सदस्य विशाल ओलीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार