मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • अस्पताल बाजुरामा अलपत्र पञ्चाको अबस्था बारे राष्ट्रपतिको ध्यानाकर्षण

अस्पताल बाजुरामा अलपत्र पञ्चाको अबस्था बारे राष्ट्रपतिको ध्यानाकर्षण

पञ्चालाई चाडो उद्धार गर्न राष्ट्रपति कार्यलयको निर्देशन

  • सोमवार, कार्तिक १, २०७८
अस्पताल बाजुरामा अलपत्र पञ्चाको अबस्था बारे राष्ट्रपतिको ध्यानाकर्षण

बाजुरा–जिल्ला अस्पताल बाजुरामा पैसा अभाबमा अलपत्र ३१ बर्षिय पञ्चा कठायतको अबस्था बारे राष्ट्रपति बिद्या देबी भण्डारीको ध्यानाकर्षण भएको छ । राष्ट्रपतिको ध्यान सँगै पञ्चालाई राष्ट्रपतिको कार्यलयले चाडो उद्धार गर्न निर्देशन गरेको छ ।
सञ्चारमाध्यममा समचार प्रकाशित पछि राष्ट्रपतिको कार्यलय बाट प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, अस्पताल बाजुराका प्रमुख डा. प्रकाश जोशीलाई फोन मार्फत चाडो उद्धार गर्न निर्देशन गरेको छ । राष्ट्रपति कार्यलय बाट फोन गरेर पञ्चाको अबस्थाको बारे जानकारी मागेको र चाडो भन्दा चाडो उद्धार गर्न निर्देशन दिएको अस्पताल प्रमुख डा. प्रकाश राज जोशीले वताए ।
जोशीका अनुसार उनलाई थप उपचारका लागि धनगढि ल्याउने तयारी भइरहेको वताएका छन् । पानि परेर मार्तडी देखी धनगढि सम्म बिभिन्न ठाँउमा सडक अबरोध रहेको छ । सडक खुल्ने बितिकै पञ्चालाई धनगढी ल्याउने र उनलाई उद्धार गर्नका लागि एम्बुलेन्स तयारी अबस्थामा रहेको जोशीले वताएका छन् ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने पञ्चा पैसा अभाबमा अलपत्र रहेको सञ्चारमाध्यममा आएपछि राष्ट्रपति कार्यलय बाट फोन आएको वताएका छन् । उनलाई उपचारका लागि धनगढि लिनका लागि सम्पुणर् व्यबस्थापन भइसकेको बाटो खुल्ने बितिकै पठाउने अधिकारीले वताएका छन् ।
बडिमालिका खबर लगायत सञ्चारमाध्यममा पञ्चा पैसा अभाबमा अलपत्र रहेको समाचार प्रकाशित भएको थियो । बेहोस अबस्थामा रहेकि पञ्चालाइ जिल्ला अस्पताल बाजुराले रिफर गरेको भएपनि पैसा नहुदा अस्पतालको शैयामा छट्पटाइरहेकी छन् । अहिले होसमा आएपनि उनलाई आफु कहाँ र के भइरहेको बारे जानकारी नभएको के बोलिरहेको छु कुनै जानकारी नभएको अस्पतालले वताएको छ । बुढिनन्दा नगरपालिका नगरप्रमुख पदम गिरिले भने एम्बुलेन्सकाे भाडा पालिकाले तिर्ने वताए ।
बुढिनन्दा नगरपालिका ८ पाण्डुसेन घर भएकि पञ्चा असोज २९ गते बिहाना एकाएक बेहोस भएकि थिईन् । आफन्तले उनलाई स्थानिय पाण्डुसेन स्वास्थ्य चौकी हुदै कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ सञ्चो नहुने भन्दै जिल्ला अस्पताल बाजुरामा पुयाएका थिए । उनको अबस्था जटिल भएकाले अस्पताल बाजुराले धनगढि रिफर गरेको थियो । रिफर गरेको दुई दिन भइसक्यो, आर्थिक नहुदा बाजुरा अस्पतालको शैयामा छट्पटाइरहेको डा. निमा मर्हजनले वताएकि छन् ।
१५ दिन पहिले कोभिडको खोप लगाए देखी टाउको दुख्ने ज्वरो आउने समस्या भइरहेको श्रीमान प्रेम कठायतले वताएका छन् । जिल्ला अस्पताल बाजुरामा त जेनतेन रिन जोखो गरेर ल्याए, अन्यन्त्र लिन पैसा छैन्, अब घरमा लग्नु भन्दा बाहेक केही नभएको रुदै प्रेमले वताए । पञ्चाको ९ महिनाको दुधे बालक पनि रहेको छ । अस्पताल बाजुराले शनिवार नै धनगढी लैजान भनेको छ, तर हामी सँगै पैसा छैन्, गरिबले त मर्नु भन्दा अरु बिकल्प नभएको प्रेमले वताए ।
जिल्ला अस्पताल बाजुराकी डा. निमा महर्जनका अनुसार मेनेन्जाइटिस वा हातिपाइले हुन सक्ने वताएकि छन् । अहिले भन्ने सकिने अबस्था छैन्, सिटिस्कान, एलपि, एभिजी गरे मात्र रोगको पहिचान हुने महर्जनले वताईन् । हामीले त हिजो नै लग्नु भनेका थियौ, उनिहरु सँग पैसा नभएर यतै राखेको उनले वताईन् ।
२८ गते दशैको दिनमा राम्रै थियो, राम्रो सँग दशै मनायौ, सामान्य ज्वरो र टाउको दुख्ने समस्या त कोभिडको खोप लगाइसकेपछि भइरहेको थियो । २९ बिहान त एकाएक बेहोस भएको आफन्तले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार