शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • लडेर गम्भीर घाइते भएका एक जनाको हेलिकोप्टरद्वारा उद्धार

लडेर गम्भीर घाइते भएका एक जनाको हेलिकोप्टरद्वारा उद्धार

  • मङ्लबार, अशोज २६, २०७८
लडेर गम्भीर घाइते भएका एक जनाको हेलिकोप्टरद्वारा उद्धार

दक्षिणी रसुवाको ठूलो गाउँस्थित भूमेस्थान इलाका क्षेत्रमा लडेर गम्भिर घाइते भएका एक व्यक्तिको उद्धार गरी उपचारको लागि काठमाडौँ लगिएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ गोगने घर भई हाल रसुवा उत्तरगया गाउँपालिका–३ ठूलोगाउँमा पसल व्यवसाय गर्ने ४० वर्षका नारायणबहादुर ढुङ्गेल लडेर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा भेटेपछि उपचारको लागि कैलाश एयरको हेलिकोप्टरद्वारा काठमाडौँ पठाइएको डाँडागाउँ प्रहरी चौकीले जनाएको छ ।

उनलाई घाँस काट्नेले भेटेपछि उद्वार गरिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।

चर्चामा

सम्बन्धित समाचार