शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • विद्यालय छोडेर जाने शिक्षकलाइ प्रअले दिए ज्यान मार्ने धम्की

विद्यालय छोडेर जाने शिक्षकलाइ प्रअले दिए ज्यान मार्ने धम्की

  • सोमवार, अशोज २५, २०७८
विद्यालय छोडेर जाने शिक्षकलाइ प्रअले दिए ज्यान मार्ने धम्की

बाजुरा — भक्तपुर जिल्लामा रहेको एक बिद्यालयका शिक्षकलाइ साे स्कुलाका सह प्रअ निशान प्याकुरेलले तलव नै नदिएर उल्टै ज्यान मार्ने धम्की दिएको छ । सुधा सागर विद्या सदन स्कुल भक्तपुर गठ्ठाघरमा रहेको बिद्यालयकासह  प्रअ प्याकुरेलले सोही बिध्यालयका शिक्षकहरुलाई ज्यान मार्ने धम्की दिएको जनाएको छ ।  विद्यालयले शिक्षकहरुलाइ अनलाइन कक्षा लिदा ३० प्रतिशत मात्रै तलब दिएको र बाकी तलव माग्न जादा उल्टै  धम्की दिएकाे शिक्षक रोमन पौडेलले बताएका छन ।
शिक्षकलाइ घर खर्च धान्न गार्हो भएर जागिर छोडेर अर्कै जागिर गर्न जादा सो विद्यालयका सह प्रधानाध्यापक निशान प्याकुरेलले शिक्षककै  घरमा गएर ज्यान मार्ने धम्की दिएको शिक्षक पौडेलले बताएका छन । शिक्षकलाइ पैशा पनि नदिने र धम्की दिने गरेको उनलले बताएका छन ।  शिक्षक रोमन पौडेल र खेम दाहाल लगायतका शिक्षकहरुलाई धम्की दिएको पिडीत शिक्षकहरुले बडिमालिका खवरलाई बताएका छन ।
सुधा सागर विद्या सदन स्कुलमा हाल ७ जना शिक्षक कार्यरत छ्न भने करिब १ सय ५० विद्यार्थी अध्ययन छन । यस विद्यालयले अनलाइनको पूरा शुल्क अभिभावक सित लिए पनि शिक्षलाई तलब समयमा नदिनाले शिक्षकलाइ घर चलाउन गार्हो परेकोले अन्य ठाउँमा जागिर गर्न जादा धम्की दिएकाे बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार