शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फुटबल
  • भारतसँग नेपाल १–० ले पराजित, फाइनल पुग्ने सम्भावना जिवितै

भारतसँग नेपाल १–० ले पराजित, फाइनल पुग्ने सम्भावना जिवितै

  • सोमवार, अशोज २५, २०७८
भारतसँग नेपाल १–० ले पराजित, फाइनल पुग्ने सम्भावना जिवितै

माले — जारी साफ च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशलामा आइतबार राति भएको खेलमा नेपाल पराजित भएको हो।

पराजित भएसँगै लगातार दुई खेल जितेको नेपालको फाइनल यात्रा कठिन भएको छ। पाँच टोली माब सहभागी भएको च्याम्पियनसिप सिङ्ग राउन्डरोबिनमा खेलाइएको छ। राउन्ड रोबिनमा शीर्ष दुई टोली फाइनल भिड्नेछन्।

खेलको पहिलो हाफ गोलरहित सकिएको थियो। अन्तिम ८ मिनेट नेपालले रोक्न नसक्दा गोल हुन पुगेको हो। भारतलाई जिताउने कप्तान सुनिल क्षेत्रीले खेलको ८२औँ मिनेटमा गोल गरेका थिए। उनले फरुख चौधरीको हेड पासको सदूपयोग गर्दै गोल गरेका हुन्।

यो जितसँगै समान तीन खेल खेलेको भारतको ५ अंक भएको छ भने नेपालले ६ अंक जोडेको छ।

फाइनल पुग्न नेपालले अब बुधबार हुने खेलमा बंगलादेशलाई कम्तिमा बराबरीमा रोक्नुपर्नेछ। नेपाल र बंगलादेशको खेल बराबरी भएमा भारत र माल्दिभ्सले बढीमा १–१ गोलको बराबरी वा स्पष्ट हारजितको नतिजा निकाले नेपाल फाइनलमा पुग्नेछ।

चर्चामा

सम्बन्धित समाचार