बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाचार
  • श्रीमतीलाई भरुवा बन्दुक ताक्दै मार्ने धम्की दिएको आरोपमा श्रीमान् पक्राउ

श्रीमतीलाई भरुवा बन्दुक ताक्दै मार्ने धम्की दिएको आरोपमा श्रीमान् पक्राउ

  • शनिबार, अशोज २३, २०७८
श्रीमतीलाई भरुवा बन्दुक ताक्दै मार्ने धम्की दिएको आरोपमा श्रीमान् पक्राउ

श्रीमतीलाई भरुवा बन्दुक ताकेर मार्छु भनी धाकधम्की दिएको आरोपमा भोजपुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

भोजपुर रामप्रसादराई गाउँपालिका-१ चामबोटे का ४६ वर्षीय सुजिल राईलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

शुक्रबार राति सवा ८ बजे घरयासी विवादको कारण श्रीमती ४५ वर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गरेको प्रहरीले जनाएको छ। गहिरो चोट लागेर घाइते भएकी श्रीमतीलाई उनले भरुवा बन्दुक निकालेर ताक्दै मार्छु भनेर धम्की दिने गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

घटनाबारे जानकारी पाएलगतै अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी टोली गएको थियो। घाइते श्रीमती जुनालाई उपचारको लागि स्थानिय मेडिकल ओख्रेमा पठाइएको थियो।

घटनास्थलमा भरुवा बन्दुक फालेर फरार भएका सुजिललाई प्रहरीले खोजी गरी राति नै पक्राउ गरिएको थियो।

चर्चामा

सम्बन्धित समाचार