बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • गाड्दा गाड्दै बलात्कृत युवतीको शव कब्जामा

गाड्दा गाड्दै बलात्कृत युवतीको शव कब्जामा

  • शुक्रबार, अशोज २२, २०७८
गाड्दा गाड्दै बलात्कृत युवतीको शव कब्जामा

धनगढी — वीरगन्जमा प्रहरीले गाड्न लागेकै अवस्थावीच एक भारतीय युवतीको शव नियन्त्रणमा लिएको छ। वीरगन्जको मुर्लीस्थित कब्रिस्तानमा गाड्न लागेकै अवस्थामा भारत घर भएकी अन्दाजी १८ वर्षिया एक मुस्लिम युवतीको शव नियन्त्रणमा लिइएको हो।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतारमा शव गाड्न खोजेको भन्ने सूचनाको आधारमा प्रहरीले शव नियन्त्रणमा लिएको हो। “शव तत्काल वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ र पोष्टमार्टमको रिपोर्ट नआएसम्म केहि भन्न सकिँदैन,” खनालले बताए। मृत युवती जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालिम मियाँका कान्छा छोरा जाकिरकी आफ्नै साली भएको बताउँदै यसमा ककसको संलग्नता छ भन्नेबारे अनुसन्धान जारी छ।

युवती केहि समयदेखि दिदी भिनाजुसँग बस्दै आएकी थिइन्। हाल अनुसन्धानका लागि ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र केहि चाहिँ फरार रहेको बताएको छ।

चर्चामा

सम्बन्धित समाचार