बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • समाज
  • देउवाको विरासत भत्कियो बाजुरा काँग्रेसमा

देउवाको विरासत भत्कियो बाजुरा काँग्रेसमा

  • शुक्रबार, अशोज २२, २०७८
देउवाको विरासत भत्कियो बाजुरा काँग्रेसमा

बाजुरा–नेपाली काँग्रेस बाजुरामा देउवा पक्षको बिरासत भत्किएको छ । सातौ जिल्ला अधिबेशनमा सभापति सहित ८० प्रतिशत कार्यसमितिमा पौडेल सिटौला पक्ष विजयी भएको छ ।
लामो समय सम्म देबराज जोशी अर्थात देउवा पक्षको विरासत रहेको बाजुरा काँग्रेसमा सातौ जिल्ला अधिबेशन बाट भने देउवा पक्षको विरासत भत्किएको छ । अघिल्लो अधिबेशनमा कबिराज पण्डित विजयी भएर देउवा पक्षको जिल्लामा हालीमुहाली बनेको थियो । बाजुराले सबै तिर बाट रिपोटिङ्ग गर्दा होस वा प्रचारप्रसारमा देउवा पक्षको गणको रुपमा रहदै आएको मानिन्थ्यो ।
तर यसपालि भने पौडेल, सिटौला पक्षको अगाडि देउवा पक्ष निरहि बनेको छ । देउवा पक्षका बलिया नेता मानिने देबराज जोशीले देउवा पक्षको छत्रछाँया चलिरहेको थियो, तर सातौ जिल्ला अधिबेशनमा पुगिसक्दा भने त्यो स्थिति रहन् सकेन ।
पौडेल पक्षका रावल निर्वतमान पाटि सभापति कबिराज पण्डितलाई ३९ मतले पराजित गर्दै विजयी भएका हुुन् । दोस्रो चरणको भएको मतदानमा ११ सय ८२ मत खसेका थिए । रावलले ६ सय ५ र पण्डितले ५ सय ६६ मत ल्याएका थिए ।
पहिलो चरणमा कबिराज पण्डित, रामसिहं रावल र चक्र शाह बिच प्रतिश्पर्धा भएको थियो । पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिको लागि दोस्रो चरणमा मतदान भएको थियो । पहिलो चरणमा कुल खसेका १२ सय ५ मत मध्ये कबिराज पण्डितको ४ सय ८९, राम सिं रावलले ४ सय ७४ र चक्र शाहले १ सय ५२ मत ल्याएका थिए ।
नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिमा निर्वाचन भएका पदाधिकारीमा पौडेल सिटौला पक्ष विजयी भएका छन् । सहसचिब सुरेन्द्र सिंह बाहेक सबै पौडेल सिटौला पक्ष विजयी भएका छन् । सिंह भने देउवा पक्ष बाट टिकट पाएर चुनावी मैदनामा उत्रिएका थिए । उप सभापतीमा नारायण पाध्याय र पदम बडुवाल पौडेल सिटौला पक्षका हुन् । पाध्यायलाई दुबै टिममा राखेपनि उनि जनक गिरी नजिकका रुपमा चिनिदै आएका छन् । त्यस्तै
सचिव विजयी तिलकराज पुरी र भरत बहादुर रोकाया दुबै जना पौडेल सिटौला पक्ष हुन् । सह सचिवमा कृष्णराज पाध्याय पौडेल सिटौला पक्ष हुन भने सुरेन्द्र बहादुर सिहं देउवा पक्षका हुन् । जिल्ला कार्य समिति सदस्यमा पनि पौडेल सिटौला पक्षको स्पष्ट बहुमत देखिएको छ । खस आर्य खुला सदस्यमा निर्वाचित ६ जना सबै पौडेल सिटौला पक्ष बाट चुनावी मैदानमा आएका थिए । पालिका र अन्य समावेशी बाट बिजयी जिल्ला कमिटिमा पौडेल सिटौला समुहकाले धेरै विजयी भएका छन् ।
पौडेल सिटौला पक्ष विजय गराउनका लागि नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रि प्रसाद पाण्डे, जनक गिरी, चक्र शाह, मान बहादुर रावल सक्रिय भएका थिए । त्यस्तै देउवा पक्षधर विजयी गराउनका लागि संबिधान सभा सदस्य देबराज जोशी, महा नेपाली, पदम शाहि लगायतका नेताहरु परिचालन भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार