शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरा काँग्रेस सभापतिमा निर्णायक बन्दै चक्र शाह

बाजुरा काँग्रेस सभापतिमा निर्णायक बन्दै चक्र शाह

  • बिहिबार, अशोज २१, २०७८
बाजुरा काँग्रेस सभापतिमा निर्णायक बन्दै चक्र शाह

बाजुरा–नेपाली काँग्रेस बाजुराको सातौ जिल्ला अधिबेशनको पहिलो चरणका सभापतिका उम्मेद्धवार चक्र शाह निर्णायक बन्ने भएका छन् । पहिलो चरणमा कबिराज पण्डित, रामसिं रावल र चक्र शाह बिच प्रतिश्पर्धा भएको थियो ।
पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिको लागि दोस्रो चरणमा मतदान हुने भएको छ । पहिलो चरणमा कुल खसेका १२ सय ५ मत मध्ये कबिराज पण्डितको ४ सय ८९, राम सिं रावलले ४ सय ७४ र चक्र शाहले १ सय ५२ मत ल्याएका थिए ।
दोस्रो चरणको मतदान विहिवार दिउसो १ बजे बाट हुने भएको छ । दोस्रो चरणमा चक्र शाहको टिमलाई आएका १ सय ५२ भोटले जसलाइ समर्थन गर्ने उहि सभापति जित्ने सम्भाबना रहेको छ । कसलाई सभापति बनाउन चक्र शाहमा निर्भर रहेको पाईएको छ । बडिमालिका खबर सँग चक्र शाहले भने कसलाई समर्थन गर्ने केही समयमै जानकारी गराउने बताएका छन् ।
पण्डित देउवा पक्षका उम्मेद्धवार हुने भने रावल सिटौला पौडेल पक्षका उम्मेद्धवार रहेका छन् । अन्य कार्यसमितिमा भने सिटौला पौडेल पक्ष विजयी भएका छन् । चक्र शाह बिगतमा देउवा पक्षका रुपमा चिनिदै आएका थिए । अहिले भने कसलाई समर्थन गर्ने त्यो हेर्न नै बाँकि रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार