शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बाजुरा : ६ सय २ मत गन्दा पछिल्लो मत परिणाम यस्ताे छ

नेपाली काँग्रेस बाजुरा : ६ सय २ मत गन्दा पछिल्लो मत परिणाम यस्ताे छ

  • बुधबार, अशोज २०, २०७८
नेपाली काँग्रेस बाजुरा : ६ सय २ मत गन्दा पछिल्लो मत परिणाम यस्ताे छ

बाजुरा — नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा मतदान गणनाको प्रारम्भीक नतिजा प्रकाशन भएको छ । बाजुराको नेपाली काँग्रेसको १ हजार २ सय १२ मध्ये १ हजार २ सय ५ मत खसेको थियो ।

बुधबार बिहान ६ बजे देखी गणना सुरु गरिएको मत परिणाम अनुसार ६ सय २ मत गणना भएकाे जनाएकाे छ । जसमा  सभापतिका उम्मेद्धार कबिराज पण्डितले २ सय ५१ मत ल्याएका छन भने रामसिं रावलको २ सय ३७ मत ल्याएका छन । त्यसै गरी स्वतन्त्र उम्मेद्धार चक्र शाहको ७१ मत आएको जनाएकाे छ ।

त्यसै गरी उप सभापतीमा नारायण पाध्याय ३ सय ६९ पदम बडुवालको ३ सय ७० र शेर बहादुर खातीको २ सय ९ मत प्राप्त गरेका छन । सचिवमा तिलकराज पुरीको २ सय ६२ भरत बहादुर रोकाया २ सय ४९ रनसिहं अएडी २ सय २३ राजेन्द्र शाह बिपिको ७१ र शिब बोहराले २ सय १६ मत प्राप्त गरेका छन ।

सह सचिवमा कृष्णराज पाध्याय २ सय २७, धन बहादुर रावत ७६, नन्द बहादुर थापा ४४, प्रकाश रावल १ सय ९६ , मिन बहादुर भण्डारीको १ सय ६७  मोहनसिं कार्की १सय १५ र सुरेन्द्र बहादुर सिहंको १ सय ७९ मत रहेको छ ।
निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापती सहितको टिम छ भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल सहितको टिम रहेको छ । त्यस्तै मध्यमार्गी टिमबाट चक्र बहादुर शाहाको प्यानल रहेको छ ।

नेपाली काँग्रेस बाजुराको अधिबेशनमा सभापतीमा ३ जना, उप सभापतीमा ३ जना सचिव ५ जना, सह सचिवमा ७ जना जिल्ला कार्य समितिमा १९ जना जनजाती कोटामा ३ जना, दलितबाट ५ जना अपाङ्ग अल्पसख्यमा ४ जना, बडिमालिका नगरपालिका ५ जना, बुढिगंगा नगरपालिका ७ जना, त्रिबेणी नगरपालिकाबाट ६ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ५ जना, स्वामिकार्तिक खापर गाउँपालिकाबाट ८ जना, जगन्नाथ गाउँपालिकाबाट ३ जना रहेको छन ।

त्यसै गरी महाधिबेशन प्रतिनिधी महिलाबाट ७ जना र पुरुस खुलामा २२ जना रहेका छन । खस आर्य महिलामा ६ जना र पुरुष खुलामा १० जना उम्मेद्धार रहेका छन भने । समाबेशी ४ जना दलित महिला २ जना, दलित ३ जना रहेका छन । मधेशी लगायत का कोटामा ७ जना बिच मतदान भएको छ ।

चर्चामा

सम्बन्धित समाचार