शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्टक
  • व्यापार कम्पनी लिमिटेड बाजुराले सहुलियतमा चामल बिक्रि गर्दै

व्यापार कम्पनी लिमिटेड बाजुराले सहुलियतमा चामल बिक्रि गर्दै

  • मङ्लबार, अशोज १९, २०७८
व्यापार कम्पनी लिमिटेड बाजुराले सहुलियतमा चामल बिक्रि गर्दै

बाजुरा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गरेको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ५ रुपैया दर छुट गरेर मंगलबार बाट बिक्रि शुरु गरेको खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा प्रमुख मेघराज ओझाले वताएका छन् ।
खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यलय बाजुराले अरुवा मोटो चामल प्रतिकेजी ४५ बाट ५ रुपैया छुट गरेर ४० मा मार्तडी बिक्रि शुरु गरेको हो । त्यस्तै कोल्टि डिपो बाट प्रतिकेजी ४८ बाट ५ रुपैया छुट दिएर प्रतिकेजी ४३ मा बिक्रि गरिरहेको छ ।
चाडपर्वलाई लक्षित गरेर खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रको निणर्य अनुसार ५ रुपैया प्रतिकेजीमा छुट दिएको शाखा प्रमुख ओझाले वताए । कार्तिक २४ सम्म गते सम्मका लागि छुट गरेको छ । चामल किन्न आउदा नागरिकताको प्रतिलिपि अनिवार्य ल्याउनु पर्ने र एकजनाले ३० केजी चामल पाउने रहेको छ ।
अहिले खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा ३ सय ५ कुन्टल र कोल्टि डिपोमा ४ सय कुन्टल रहेको छ, चामल ढुवानी भइरहेको जनाईएको छ । केही दिन पहिला मात्र बाजुरामा चामल सकिएपछि बाजुरामा रहेका डिपो बन्द भएका थिए । खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल सकिएको भन्दै लिमिटेडले बिक्री गर्न नसकीने सूचना टाँस गरेको थियो ।
बाजुरामा दशै तिहारको मुखमा चामल सकिएपछि केन्द्रमा पहल गर्दा चामल ढुवानी भएर सहुलितमा बिक्रि शुरु गरेको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् । हामिले पनि पटक पटक लेख्यौ, सञ्चारमाध्यममा पनि चामल अभाब भएको जानकारी भएपछि सरकारले चाडै चामल पठाएर बिक्रि शुरु गरेको अधिकारीले वताए । चाडपर्वको मुखमा चामल पुग्दा अझ सहुलियतमा बिक्रि हुदा निकै राहत भएको प्रमुख जिल्ला अधिकारीले वताए ।
यो आर्थिक बर्षमा मार्तडीका लागि ६ हजार, कोल्टिका लागि ७ हजार र कवाडी डिपोका लागि ३ हजार कुन्टल स्वीकृत भएको छ । प्रक्रिया अघि बढाएर चामल ढुवानी भएर बिक्रि शुरु गरेको हो । दशैमा चामल नआउने चिन्ता थियो, डिपोमा चामल पनि आयो छुट पनि पाउदा निकै सहज भएको स्थानिय काल्चे नेपालीले वताए ।
कृर्षि ज्ञान केन्द्र बाजुराको तथ्याङक अनुसार जिल्लाको पुरा क्षेत्रफलको ९.२१ प्रतिशत खेतीयोग्य जमीन रहेको छ । त्यसमा जम्मा सिंचित क्षेत्र १.४२ प्रतिशत मात्र रहेको छ । ७.७९ प्रतिशत जमीनमा सिंचाई सुबिधा छैन जिल्लाको कुल २० हजार १ सय ५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार १ सय १५ हेक्टरमा मात्र सिंचाइ सुविधा रहेका छ। बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो । बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने कृषि कार्यालयको तथ्यांक छ ।

चर्चामा

सम्बन्धित समाचार