मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरा नेपाली काँग्रेसका कार्यक्रताद्धारा एम्बुलेन्स तोडफोड

बाजुरा नेपाली काँग्रेसका कार्यक्रताद्धारा एम्बुलेन्स तोडफोड

  • शुक्रबार, अशोज १५, २०७८
बाजुरा नेपाली काँग्रेसका कार्यक्रताद्धारा एम्बुलेन्स तोडफोड

बाजुरा — नेपाली काँग्रेस बाजुराका कार्यक्रताहरुले नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स र बडिमालिका नगरपालिकाको डिजिटल बोर्ड तोडफोड गरेका छन ।
नेपाली काँग्रस बाजुराको ७ औँ जिल्ला अधिबेशनमा प्रदेश (ख) मा निर्बाचनमाको मतगणना स्थल बनाएको बडिमालिका नगरपालिकाको गेट भित्र राखेको एम्बुलेन्सको अगाडीको सिसा सबै फुटाएको प्रहरीले जनाएको छ । बडिमालिका नगरपालिकाको डिजिटल बोर्ड समेत फुटाएर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । रातीको समयमा मदिरा सेवन गरी काग्रेसका कार्यक्रताहरुले एम्बुलेन्स र नगरपालिकाको डिजिटल बोर्ड फुटाएको हुन सक्ने प्रहरीले जनाएको छ ।
सो एम्बुलेन्स भारतीय दुताबासको सहयोगमा नेपाल रेडक्रस सोसाईटी उप शाखा बाजुराको नाममा रहेको सो एम्बुलेन्स कोभिड १९ को कारण बिरामी बोक्नुपर्छ भन्ने उदेस्यका साथ जिल्ला प्रशासन कार्यालय बाजुराले मर्मत गरेर ल्याएको नेपाल रेडक्रस सोसाईटी बाजुराका सभापती रम बहादुर शाहीले बताए । यसरी सार्बजनिक सामानहरु तोडफोड गर्ने जो सुकैलाई कानुनी दायरामा ल्याने रेडक्रसले अनुरोध गरेको छ । सो बिषयमा कसले फुटाएको हो भन्ने कुराको अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार