बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • कार्गोबाट हङकङ पठाउन लागिएको चरेससहित एक पक्राउ

कार्गोबाट हङकङ पठाउन लागिएको चरेससहित एक पक्राउ

  • बिहिबार, अशोज १४, २०७८
कार्गोबाट हङकङ पठाउन लागिएको चरेससहित एक पक्राउ

काठमाडौं — हङकङ पठाउन लागिएको तीन किलो चरेससहित एक जना पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर र ललितपुर प्रहरी परिसर, जावलाखेलको संयुक्त टोलीले मानभवनबाट मोरङका एक युवकलाई पक्राउ गरेको हो ।

ब्यूरोले प्रकरणको अनुसन्धान जारी रहेको भन्दै थप विवरण सार्वजनिक गरेको छैन । अनुसन्धान अधिकृतहरुका अनुसार चरेस कार्गोमार्फत विदेश पठाउन लागिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार