बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा पावर टिलर दुर्घटना हुँदा एक महिलाको मृत्यु

कैलालीमा पावर टिलर दुर्घटना हुँदा एक महिलाको मृत्यु

  • बिहिबार, अशोज १४, २०७८
कैलालीमा पावर टिलर दुर्घटना हुँदा एक महिलाको मृत्यु

धनगढी — कैलालीमा पावर टिलर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिका -१ बडरियाको भित्रि सडकखण्डमा भजनीबाट आउने क्रममा पावर टिलर दुर्घटना हुँदा महिलाको मृत्यु भएको हो।

बडरियाकै अन्दाजी ४८ वर्षीय राजकुमार डगौराले चलाएको पावर टिलर अनियन्त्रित भई पल्टिँदा उनकी श्रीमती अन्दाजी ४६ वर्षीया कौशीला देवी चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार