बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुरामा स्याउ गाउँ बाट बजार सम्म अनुदानमा ढुवानी हुदै

बाजुरामा स्याउ गाउँ बाट बजार सम्म अनुदानमा ढुवानी हुदै

  • बुधबार, अशोज १३, २०७८
बाजुरामा स्याउ गाउँ बाट बजार सम्म अनुदानमा ढुवानी हुदै

जंग रावल — बाजुराका गाउँमा फलेका स्याउ बजार सम्म ल्याउनका लागि ढुवानी अनुदान हुने भएका छन् । कृषि ज्ञान केन्द्र बाजुराले बजार सम्म ४ सय बढी कुन्टल स्याउ ढुवानी गर्ने भएको केन्द्रका कार्यलय प्रमुख गोबिन्द्र सिजापतिले वताएका छन् ।
जिल्लाका बुढिनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका बाट बजार सम्म स्याउ ढुवानी प्रक्रिया शुरु गरेको छ । स्वामीकार्तिक गाउँपालिकाको वडा नम्बर २, ३, ५ जगन्नाथ गाउँपालिका बाट पिलिचौर बजार सम्म ढुवानी गरिदिने भएको छ । त्यस्तै बुढिनन्दाको पाण्डुसेन बाट मार्तडी सम्म स्याउ अनुदानमा ढुवानीका लागि २ वटा कृषक समुहले जिम्मा पाएको सिजापतिले वताएका छन् ।
स्याउ ढुवानीका लागि भौगोलिक दुरीको अबस्था मध्यनजर गरेर प्रतिकेजी १६ देखी २० रुपैया अनुदान दिने गरेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जैशीले वताएका छन् । स्याउ ढुवानीका लागि ४ हजार काटुन ज्ञान केन्द्रले निशुल्क दिएर बारिमै प्याकिङ्ग शुरु भइरहेको जैशीले वताए । बारिमा स्याउ प्रति केजी २५ देखी ४० रुपैया सम्म खरिद पर्ने गरेको छ ।
बाजुराको सदरमुकाम मार्तडीमा स्याउ प्रतिकेजी २ सय भन्दा बढि मुल्य छ । तर गाँउमा भने प्रतिकेजी २५ रुपैयामा रहेको छ । जिल्लामा १ हजार कुन्टल भन्दा बढी स्याउ फलेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बिगतको बर्ष जति स्याउ यो बर्ष नफलेको भएपनि अन्य बर्षको तुलनामा यो बर्ष राम्रै स्याउ फलेको कार्यलय प्रमुख सिजापतिले जनाएका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा स्याउ उत्पादन हुने गरेको छ छ । स्याउको मुख्य भण्डारका रुपमा चिनिदै आएका जिल्लाका पाण्डुसैन्, कोल्टि, जुकोट, जगग्ननाथ, कोटिला, जगन्नाथ लगायतका ठाँउमा राम्रो सँग फलेका छन् । किसानहरुका स्याउ बारिमै कुहिने अबस्थामा भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ४ सय कुन्टल ढुवानी अनुदानका लागि सुचना प्रकाशित गरेर प्रक्रिया अगाडि बढाएको हो । बारि बाट बजार सम्म ढुवानी गराईदिने, बिक्रि किसानले आफै गर्ने गरि स्याउ ढुवानी हुन लागेको ज्ञान केन्द्रकले जनाएको छ ।
कृषि ज्ञान केन्द्र बाजुराको तथ्याङ्क अनुसार २ सय ३० हेक्टर क्षेत्रफलमा स्याउ लगाएको वताएको छ । यो क्षेत्र खाद्यन्न संकट हुने अन्र्तगत पर्दछ । बर्षभरी काम गरेर खेत बाट तिन महिना पनि खान पुग्दैन बाँकी समय भने खाद्यन्नको भर पर्नु पर्ने बाध्यता रहेको छ । जिल्लामा कार्यरत सरकारी तथा गैर सरकारी संघ संस्थाले त्यस क्षेत्रमा स्याउ खेतीमा केन्द्रित भएपनि बजार नहुँदा किसानहरुका मर्कामा परदै आएका छन् । गाँउ सम्म सडकको पहुँच नभएकाले बजार पाउन सकेका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार