शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • वडा कार्यालयका कर्मचारी काँग्रेस अधिबेशनमा, सेवा नपाएको भन्दै स्थानीयद्धारा तालाबन्दी

वडा कार्यालयका कर्मचारी काँग्रेस अधिबेशनमा, सेवा नपाएको भन्दै स्थानीयद्धारा तालाबन्दी

  • आइतवार, अशोज १०, २०७८
वडा कार्यालयका कर्मचारी काँग्रेस अधिबेशनमा, सेवा नपाएको भन्दै स्थानीयद्धारा तालाबन्दी

बाजुरा — जिल्लाको त्रिबेणी नगरपालिका वडा न ४ को वडा कार्यालयका सबै कर्मचारीहरु नेपाली काग्रेसको नगर अधिबेशनमा गएपछि वडाबाट हुने कामहरु प्रभाबित भएका छन । आइतबार बिहानदेखी कुनै पनि कर्मचारी कार्यालयमा नआएपछि सेवा ग्राहीहरुले तालाबन्दी गरेका छन ।
बिहान १० बजे देखी सेवाग्राही आएर वडा कार्यालयमा ३ बजे सम्म बसे कोही पनि कर्मचारी नआएपछि वडा कार्यालयमा तालाबन्दी गरेको   सेवाग्राहीले बडिमालिका खवरलाई बताए  ।
आक्रोसमा आएका सेवाग्राहीले ३ बजे सम्म पनि कुनै कर्मचारी नआएपछि तालाबन्दी गरेको स्थानीय कृष्ण साउदले बताएका छन । कर्मचारी पनि हुने पार्टीको कार्यक्रममा गएर सेवा अबरोध समेत गरेको आरोप स्थानीयको रहेको छ । वडा कार्यालयमा ५ जना कर्मचारीहरु मध्य ४ जना कर्मचारीहरु नेपाली काँग्रेसको नगर अधिबेशनमा गएका र १ जना कार्यालय सहयोगी मात्रै कार्यालयमा रहेको स्थानीयले बताए ।

चर्चामा

सम्बन्धित समाचार