मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराकाे साफेँ मार्तडी बन्द सडक संचालनको तयारीमा छौ : प्रजिअ अधिकारी

बाजुराकाे साफेँ मार्तडी बन्द सडक संचालनको तयारीमा छौ : प्रजिअ अधिकारी

  • शनिबार, अशोज ९, २०७८
बाजुराकाे साफेँ मार्तडी बन्द सडक संचालनको तयारीमा छौ : प्रजिअ अधिकारी

बाजुरा — बाजुराको मुख्य राजमार्गको रुपमा रहेको साफेँ मार्तडी सडकको बल्देमा गएको पहिरो हटाएर संचालनमा ल्याने तयारीमा लागिरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए । पहिरो खसेर जेठको अन्तीम सातादेखि अवरुद्ध साफे मार्तडी सडक खण्डको बल्दे देखी हरडे सम्मको सडक खोल्न पहल सुरु भएको हो प्रजिअ अधिकारीले बताए ।
बर्षाको समयमा पहिरो गई जेठको अन्तीम साताबाट अबरुद्ध सडक एक सातामा संचालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन । पहिरो हटाउन प्राविधिक र कामदारलाई खटाइ काम भईरहेकोले केही दिनमै सडक संचालनमा ल्याउने तयारी रहेको प्रजिअ अधिकारीले बताएका छन् ।
शनिबार सम्म पहिरो हटाई सकिने भए पनि सडमा हिलो र पानि भएकोले केही दिन पानी र हिलो सुकेपछि यातायात सुचारु गरिने सडक डिभिजन कार्यालय अछामका ईन्जीनियरले बताएका छन ।
बल्दे देखी करिव ५ किलोमिटर पहिरो खसेर अवरुद्ध सडक खोल्न जिल्ला प्रशासन कार्यालय बाजुराले पटक पटक पहल गरे पनि बर्षाका कारण पहिरो बगिरहेका कारण सडक संचालन संचालनमा समस्या भएको र बर्षाको समय सकिए संगै सडक खुलाउन दुबै तिरबाट डोजर लगाएर बाटो खुलाउने कार्य भएको भइरहेको प्रमुख जिल्ला अधिकारीले बताए । , सडक डिभीजन कार्यालयले पनि बाटो खोल्न सकरात्मक रहको प्रशासनले पनी दशै अगाडी नै अबरुद्ध सडक संचालनमा ल्याउन पहल सुरु भएको प्रजिअ अधिकारीले बताए ।
सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय बाजुराबाट सुक्रबार गएको संयुक्त टोलीले स्थलगत अनुगमन गरी चाँडै सडक सुचारु गर्न प्रयास थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन । सडक डिभिजन कार्यालय अछामका इन्जिनियर प्रमुख जिल्ला अधिकारी, सहितको टोलीले सो सडकको बिस्तृत अध्ययन गरेर सडक खोल्ने तयारी थालेको जनाइएको छ ।
साफेँ मार्तडी सडक अवरुद्ध हुदा बाजुराको सदरमुकाम सम्मको आवत जावतमा समेत समस्या हुनका साथै दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ । नियममित बर्षा भइरहेको र सडक माथिबाट निरन्तर पहिरो बगिरहेका कारण सडक मर्मत गर्न समस्या भएको थियो । असोज महिना सुरु भएसंगै पानी कम भएकोले अवरुद्ध सडक संचालनमा ल्याउन तदारुकताका साथ लागि रहेका छौ प्रमुख जिल्ला अधिकारीले बताएका छन । देशका बिभिन्न सहरमा दशै तिहार लक्षित गरी सस्तो पशलहरु संचालन भए तर बाजुरामा रहेका खाध्यान्न तथा ब्यापार कम्पनीमा चामल सकिएका छन बाजुराबासीले अरु सामान महगो खाए पनी चामल सस्तोमा पाउन भन्ने हेतुका साथ जति सकिन्छ चाडो संडक संचालन गर्ने उदेस्यका साथ लागि रहेको प्रजिअ अधिकारीले बताए ।
सडक संचालनमा नहुदा बाजुराको सदरमुकाम लगायत बाजुराको उत्तरी क्षेभमा दैनिक उपभोग्य सामग्रीको अभाव सुरु भइसकेको स्थानीयले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार