शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • दिल्लीको अदालतभित्र गोली चल्यो : एक ग्याङ्गस्टरसमेत तीन जनाको मृत्यु

दिल्लीको अदालतभित्र गोली चल्यो : एक ग्याङ्गस्टरसमेत तीन जनाको मृत्यु

  • शुक्रबार, अशोज ८, २०७८
दिल्लीको अदालतभित्र गोली चल्यो : एक ग्याङ्गस्टरसमेत तीन जनाको मृत्यु

दिल्लीको रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा शुक्रबार ग्याङ्गफाइट भएको छ । हमलाकर्ताले गोली हानेर ग्याङ्गस्टर जितेन्द्र गोगीको हत्या गरेका छन् । उक्त ग्याङ्गफाइटमा गोगीसमेत तीनजना मारिएका छन् । यस घटनामा एक महिला वकिलसमेत तीन व्यक्ति घाइते भएका छन् । रिपोर्टका अनुसार गोगी पेशीका लागि अदालत आएका थिए । गोली लागेलगत्तै उनको मृत्यु भएको छ ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा आएका थिए । उनीहरुले कोर्ट रुम नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहको अगाडि नै गोगीमाथि गोली चलाए । प्रहरीको स्पेशल सेलको जवाफी कारवाहीमा दुबैको मृत्यु भयो ।

चर्चामा

सम्बन्धित समाचार