शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • बैतडीमा मृत भेटिए एक पुरूष, हत्या आशंका

बैतडीमा मृत भेटिए एक पुरूष, हत्या आशंका

  • बिहिबार, अशोज ७, २०७८
बैतडीमा मृत भेटिए एक पुरूष, हत्या आशंका

बैतडीमा एक जना मृत फेला परेका छन्।

बिहीबार बिहान सुर्नया गाउँपालिका-४ हरिसपुर भन्ने ठाउँमा सोही वडाको लेकडाँडा घर भएका ५६ वर्षीय कमल सिंह महरा मृत फेला परेका हुन्।

सुर्नयाकै सनसेरीमाण्डौमा मासु पसल सञ्चालन गर्दै आएका उनी बिहान टाउको र खुट्टामा चोटपटक लागेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनले इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली गएर घटनास्थलमा पुगेको बताए।

शव हेर्दा हत्याको आशंका रहेकोले सोही अनुसार प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार