शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • रानिवन स्पोर्ट क्लवलाई एमाले नेता तथा पुर्व मन्त्रि थापाद्धारा २ लाख सहयोग

रानिवन स्पोर्ट क्लवलाई एमाले नेता तथा पुर्व मन्त्रि थापाद्धारा २ लाख सहयोग

  • बुधबार, अशोज ६, २०७८
रानिवन स्पोर्ट क्लवलाई एमाले नेता तथा पुर्व मन्त्रि थापाद्धारा २ लाख सहयोग

जंग रावल — बाजुरा जिल्लाको रानिवन स्पाेर्ट क्लव सुदुर पश्चिमबाट पहिलो पटक एन्फामा सहभागि हुने अवसर पाएको भन्दै नेकपा एमाले नेता तथा पुर्व उध्योग मन्त्री कर्ण बहादुर थापाले २ लाख सहयोग गरेका छन । क्लवका खेलाडीहरुलाई खान बस्नका साथै खेलाडीलाई हौसला प्रदान गर्न नेकपा एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष कणर्बहादुर थापाले आर्थिक सहयोग गरेका हुन । बाजुरा जिल्लामा  २०६४ सालमा रानिवन स्पोर्ट क्लवले सुदुर पश्चिमबाट पहिलो पटक एन्फोको सि क्वालीफाईनका लागि छनौटमा परे संगै आर्थिकका लागि बिभिन्न निकाय तथा ब्यक्तीहरुको सहयोग जुट्न थालेको क्लवका अध्यक्ष धुर्ब बहादुर रोकायाले बताएका छन ।
क्लबका मानार्थ सदस्य, भलिबल, कराते, ब्याटमिन्टन र पौडीका पुर्ब खेलाडी, हाल गल्फ खेलाडी, खेलप्रेमी युवा नेता, नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष, पुर्ब उद्योगमन्त्री तथा संविधानसभा सदस्य कणर्बहादुर थापाले हाम्रो रानिवन स्पोर्टस् क्लब बाजुराको एन्फा द्वारा आयोजित “सि“ डिभिजन छनोट प्रतियोगिता खेल्ने अभियानको लागि क्लब परिवारको तर्फबाट अध्यक्ष रोकायाले धन्यबाद समेत ब्यक्त गरेका छन ।
अखिल नेपाल फुटवल सघं एन्फा सहित स्मारक सि डिभिजन लिग फुटवल प्रतियोगिताका लागि रानिवन स्र्पोट युथ क्लव छनौटमा परेको रानिवन स्र्पोट क्लवका अध्यक्ष धुर्ब बहादुर रोकायाले बताएका छन । भदौ १० गते देखी सुरु हुने सि क्लाईफाइन फुटवल प्रतियोगितामा सहभागी पाउन बाजुरा र सुदुपश्चिमकै गौरवको कुरा रहेको क्लवका अध्यक्ष रोकायाले बताए ।
भदौ १० गते देखी सुरु हुने सि क्लाईफाइन फुटवल प्रतियोगितामा सहभागी हुन जादा खर्च बढ्ने भएकोले क्लवले आर्थिक सहयोग मागेको छ ।
रानिवल स्र्पोट क्लवले यस अघि जिल्ला भित्र र बाहिर धेरै खेलहरुमा सहभागी हुदै शिर्स स्थान हाँसील गर्दै आएको थियो । यो बेला एन्फामा सहभागी हुन पाएकोमा झन खुसी भएका छौ क्लवका सदस्य करन भण्डारीले बताएका छन ।
एन्फामा सहभागी हुन धेरै खर्च लाग्ने भएकोले क्लवको अर्थिक स्थिती अलि कमाजोर रहेको क्लवले जनाएको छ । क्लवले खेलाडीको हौसलाका लागि जिल्लाका ९ ओटै स्थानिय तहसंग पनि आर्थिक सहयोग गर्न अपिल गरेको छ । सहयोग गर्न इच्छुक रहेका ब्यक्तीले रानिवन स्र्पोट क्लवले राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखामा रहेको खाता न ४०७०१००२००९०९००१ मा जम्मा गरि सहयोग गरिदिन समेत क्लवले अनुरोध गरेको छ ।
रानिवन स्र्पोट क्लवले जिल्ला भित्र र बाहिर गरी धेरै खेलाडी उत्पादन गरेको बाजुराको पहिलो क्लव पनि हो । रानिवले सुदुपश्चिमका बिभिन्न ठाउँमा हुने प्रतियोगितामा सहभागी भई अग्र स्थान ल्याउने क्लवको रुपमा चिनिएको क्लव हो ।
बाजुरामा फु्टवल खेलमैदान नहुदा पनि खेलाडीहरुले हर तरह उच्च स्थान लिदै आएका छन । बाजुराको कुनै पनि स्थानीय तहमा खेल मैदान राम्रो नभएको र बिषेश गरि सदरमुकाम मार्तडी खेल मैदानको खाँचो रहेको खेलाडीहरुले बताएका छन । जिल्लाको सदरमुकाममा एक खेल मैदान आबस्यक रहेको र यसका लागि स्थानीय तहले खेलमैदानको ब्यबस्थापन गर्न खेलाडीहरुले आग्रह गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार