शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • साहस नेपालद्धारा दश लाख भन्दा बढिको खाद्यान्न बितरण

साहस नेपालद्धारा दश लाख भन्दा बढिको खाद्यान्न बितरण

  • सोमवार, अशोज ४, २०७८
साहस नेपालद्धारा दश लाख भन्दा बढिको खाद्यान्न बितरण

बाजुरा — बाजुरामा सहयोगी हातरुको समुृह सहास नेपाल, लिफ्ट परियोजनाबाटे खाद्यान्न र स्वास्थ्य सामग्री बितरण गरिएको छ । साहस नेपालले बाजुरा जिल्लाको बडिमालिका नगरपालिका गौमुल गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकामा पनि स्वास्थ्य सामग्री वितरण गर्ने योजना रहेको छ ।
सहयोगी हातहरुको समूह (सहास) नेपाल, लिफ्ट परियोजनाको समन्वय र ब्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोगमा बाजुरा जिल्लाको बडीमालिका नगरपालिकालाई कोभिड-१९ रोकथाम तथा प्रतिकार्यका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको परियोजना अधिकृत देसेन्द्र राईले बताएका छन ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि ल्याइएको स्वास्थ्य नगर प्रमुख पदम बडुवाललाई हस्तान्तरण गरिएको राईले बताए । उक्त सामग्री नगरपालिका मार्फत जिल्ला अस्पत्ताल बाजुरा र नगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरुमा वितरण गरिएको उनले बताए ।
सहास नेपालको कार्यक्षेत्र रहेको बडीमालिका नगरपालिका, गौमुल गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाका कोभिड-१९ प्रभावित ४ सय घरपरिवारलाई राहत स्वरुप खाद्यन्न प्याकेज वितरण गरिएको परियोजना अधिकृत राईले बताएका छन ।
जसमा बडीमालिका नगरपालिकामा २ सय परिवार गौमुल गाउँपालिकामा १सय ५० परिवार र खप्तड छेडेदह गाउँपालिकाको वडा नं. ६ र ७ मा ५० घरपरिवारलाई राहत साम्रगी बितरण गरेको उनले बताए । खाद्यन्न राहत प्याकेजमा प्रति घरधुरी चालम ३० केजी, दाल २ केजी, खाने तेल २ लिटर र नुहाउने साबुन २ चक्की रहेको थियो ।
खाद्यान्नमा रु. १० लाख २७ हजार ६ सय रुपैया र स्वास्थ्य सामग्रीको लागि रु. २ लाख ८० हजार १ सय २८ रुपैँया बराबरको साम्रगी बितरण गरीएको साहस नेपालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार