शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा कालो झन्डाका नाममा अराजकता

बाजुरामा कालो झन्डाका नाममा अराजकता

  • सोमवार, अशोज ४, २०७८
बाजुरामा कालो झन्डाका नाममा अराजकता

दयाराम पण्डित/बाजुरा — सनिवार दिउसो बाजुरामा नेपाली काँग्रेसका केही कार्यकर्ताबाट भएको अनैतिक क्रियाकलापले श्रीमद् भागवतगीतामा भनिएको केही हरफ उध्रितगर्दै मनका कुरा राख्ने भाव जाग्यो । मलाई लागेकादुुई चार कुरा अर्जुनको यहि दिब्य उवाचबाट प्रारम्भ गर्न चाहान्छु ।
अर्जुन उवाच
हे शत्रुहन्ता , हे मधुसूदन ! मैले कसरी युद्धभुमिमा भीष्म र द्रोण जस्ता पूजनीय व्यक्तिहरू माथि वाणले प्रतिप्रहार गरूँ । ठूला महानुभाव गुरुजनहरूलाई मार्नु भन्दा बरु यो संसारमा भीख मागेर बाँच्नु राम्रो हो । सांसारिक लाभका इच्छुक भएपनि उनीहरू मेरा गुरुहरु हुन् । यदि उनीहरू मारिन्छन् भने हामीले भोग गर्ने हरेक वस्तु रगतले मुछिएको रक्त रञ्जित हुनेछ ।हामीले उनीहरूलाई जिते राम्रो हुने किउनीहरूले हामीलाई जिते राम्रो हुने, यो पनि हामीलाई थाहा छैन । हामी जुन धृतराष्ट्रका छोराहरूलाई मार्न चाहँदैनौँ तिनीहरु नै अहिले हाम्रा अगाडि युद्धभुमिमा उभिइरहेका छन् ।
अहिले विवेकको दुर्बलताले गर्दा मैले मेरो कर्तव्य के हो भन्ने निश्चित गर्न सकिरहेको छैन र म आफ्नो सम्पूणर् धैऋृ पनि गुमाउँदै छु ।यस्तो अवस्थामा मैले हजुरसँग सोधिरहेको छु मेरालागि सबैभन्दा राम्रो के गर्दा हुन्छ, त्यही भन्नुहोस् । म हजुरकै शिष्री हुँ र हजुरकै शरणमा आएको छु, अतःकृपा गरेर मलाई समुचित उपदेश दिनुहोस् । मेरा इन्द्रियहरूलाई सुकाउने यो शोक हटाउने कुनै उपाय म देख्दिन । स्वर्गमा देवताहरु जस्तै यो पृथ्विमा संसारभरिको निष्कण्टक र धन – धान्यपूणर् राज्री पाएपनि म यो शोकलाई हटाउन सक्दिन ।
जब मानिसले बिबेकको दुर्वलता देखाउँछ पतनको बाटो रोज्या भन्ने बुझिन्छ । बुद्धिमानले बाँण हान्नु पहिले पटक पटक सोच्न आबस्यक छ । उक्त बाँणले कहाँकति क्षेती गर्ने हो । भागवत गीतामा भनिएझैं अर्जुनले हानेको बाँणले ठाउँको ठाउँ राख्न त सकिन्छ । तर पनि उनले बाँण हान्नु पहिले सय पटक सोच्छन् । भिष्म र दोणर् जस्ता महान गुुरुलाई मार्नु भन्दा आफुले भीख माघेर प्राण बचाउन उचित ठान्छन् । सारमा बाँण हान्ने कला छ भन्दैमा जब योद्धा युद्धमा होमिन्छ । किं कर्तब्य बिमुढ उसले युद्ध जित्न चाहान्छ । युद्ध एक कला हो । जसले आफ्नो कलाकौशल प्रदर्शन गर्न सक्छ उस्ले बाजी मार्छ । माथि भनिएझै युद्ध जित्न महान मान्छे अर्थात गुरुलाई मारेर युद्ध जित्नुको कुनै अर्थ छैन । हरेक क्षेत्रमा गुरु हुन्छन् । जो गुुरुको शिक्षाबाट बञ्चित छ उसैले अराजकता फैलाउँछ ।
हो, यतिबेला नेपाली काँगे्रसको महाँसंग्राम चलिरहेको छ । असोज पाँच गते देखि बाजुरा लगायतका २१ जिल्लमा औपचारिक रुपमा वडा अधिबेशन हुँदै छ । निर्वाचन सम्पन्न गराउन केन्द्रबाट निर्वाचन अधिकृत सन्तोष भण्डारी सदरमुकाम मार्तडी पुगिसेकेका छन् ।आन्तरिक लोकतन्त्रलाई मज्बुत बनाउन र स्वच्छ निश्पक्ष र मर्‍यादित निर्वाचन गराउँन यहाँको महत्वपूणर् भ्ुमिका रहनेछ । निर्वाचन अधिकृतलाई अग्रिम बधाई तथा शुभकामना !
अब सन्दर्भ रह्यो नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलाई सनिबार दिउसो आफ्नै गृह जिल्लामा देखाएको “कालोझण्डा” प्रकरण । सदरमुकाम मार्तडी स्थित विपि स्मृतीभवन नेपाली काँग्रसेको पार्टी कार्यालयमा भएको जुन कुकृत्य अराजक शैली प्रदर्शन गरे त्यो कुनै सन्दर्भमा ठिक छैन । यो घटना न त बिधि विधान सम्मत छ न च्यान अफ कमाण्ड, न यसले राजनीतिक नैतिकतालाई उद्यत गर्दछ । यसलाई त केबल पोलिटिक्समा पोलुसनको संज्ञा दिनुपर्ने हुन्छ । गोयवल्स प्रोपगण्डा अफावाह शैली जस्तो मात्र हो योे । यसले राजनीति न्याय मारेको छ । विखण्डनकारी र बेविचारीलाई प्रसय दिइएको छ ।
अर्को कुरा यतिबेला पार्टी सभापति कबिराज पण्डितलाई उक्त घटनासँग जोडेर सघन आरोप लागेको छ । स्वागत गर्ने कबिराज पण्डित जाने र पार्टी कार्यालयमा कालो झण्डा देखाउने देउवा समुहका भनेर स्वयं बद्री पाण्डेले भनेका छन् । मलाई लाग्छ यति हर्कत कबिराज पण्डित गर्दैनन् र गराउँदैनन् पनि । राजनीतिमा चतुुर्‍याइँ उनमा देखिदैन । उनमा बौद्धिक्ता छ । तर त्यो बौद्धिकतालाई सदुपयोग गर्ने उनिसंग पि.आर. अर्थात जनसम्पर्क र समन्वय गर्ने क्षेमता वा कलाकम छ ।
मेरो बुुझाईमा उनलाई पछिल्लो समयमा कसैबाट प्रलोभन देखाइएको हुन सक्छ । विभिन्न आचरणका मानिसले उनीबाट ब्यक्तीगत फाईदा लिनेको जमात बढेको छ । उनलाई अर्को पार्टीबाट समायोजन भएकाहरुले हतियार बनाएका छन् । चौघेरामा उनलाई पारिएको छ । त्यो उनले सुुभmबुुझ गर्ने कुरा हो । सबैको आसय सनिवार भएको कालो झण्डा प्रकरणलाई न्युनिकरण गर्न उनकै पार्टीकार्यालयमा केन्द्रीय सदस्य पाण्डे सहित उपस्थित बैठकमा गलतगर्नेलाई कारबाही गरिनुपथ्र्यो ।
काँग्रेस जिल्ला अधिबेशनको पूर्व सन्ध्यामा यस्ता घटना हुनु जिल्लाका लागि कदापि उचित हैन । जिल्लाबाहिर बाजुरा जोडिएको छ । जिल्लाभित्र भने त्रिबेणी नगरपालिका जोडिएको छ । यसको जड कुरापनि त्यही हो । जिल्लाको काँग्रेसको उर्वभूमि पनि त्रिबेणीनगरपालिका हो । यसलाई कसैले अस्वीकार गर्दैनन् पनि । मलाई लागछ सबैलाई मिलाएर लैजाने काँग्रेस नेताको खडेरी पर्‍यको छ । गुंट उपगुंट भए । भोट बैंक बनाउन आफ्ना भनिएका लागि काठमाण्डौं धर्ना बसे । अर्काका नाम कटाउन हर प्रयास गरे । जहाँ बाजुराका क्रियाशीलमा दुधकोशी गाउँपालिकाको छाप लागेर आयो विभेदिकरणले उग्ररुप लियो । काँंग्रेसको विधान पनि त्यही जलाईयो । गुँट मौलायो नेता मुकदर्शक भए । अहिले परिणती नराम्रो देखियो ।
हामीमा एक उख्खान छ “भन्या सरग गट्टो मान्दो मेघ किन आउँदो हो ।” दुुष्परिणामको नतिजा त्रिबेणी नगरपालिकाका मेयर, पार्टीका वरिष्ट नेता रामसिंह रावलले पनि यो अराजकताको चौक्या बर्को ओड्नुपर्छ । किनकी पार्टीमा अन्तरसंर्घषका नाममा तथानाम उनबाट पनि भएको छ । देउवा समुह भन्दै गर्दा छोई छिटो हाल्नुपर्ने अबस्था त्रिबेणीमा किनल्याए ? आफ्ना भनेकालाई खोजीखोजी रोजी स्थान दिने । राज्यको सम्पत्ती दहन गरी कार्यकर्ता परिचालन गर्ने । आफ्नालाई मात्र क्रियाशील दिने अर्को समुहको नामै निमिट्यान्न पार्ने यस्ता कुकृत्यमा बरिष्ठ नेताले लाग्न ुहुन्थेन । मन जितेर आफुले नेतृत्वको दावीगर्नु उचित हुन्थ्यो । उनकै लागि श्रेयकर हुन्थ्यो ।
बिडम्वना ! अघिल्लो लिष्टमा आएका केही ब्यक्तीकानाम पछिल्लो लिष्टमा छैनन् रे । जो आएपनि काँग्रैसकै सदस्य आउँथे होलान् । यति पनि उदार हुन नसक्नेले के सामुहिक नेतृत्वको रटान गर्नु । किन भोट बैंकका रुपमा क्रियाशीललाई प्रयोग गरिएको हो ? अनि बाजुराका क्रियाशील सदस्यता वितरणमा त्यसले अन्ततत्वगत्वा उनलाई पनि क्षेती हुने देखिन्छ ।
अर्को कुराकेन्द्रीय सदस्य बद्री पाण्डेकै शब्दमा मेरा बिरुद्ध यतिमात्र हैन म माथि ठूलो षड्यन्त्र भएको छ । जिल्ला भित्रर बाहिरबाट मेरो वदनाम गराउने खेल भएको छ । अधिबेशन सकुसल सकाउँ त्यसपछि म चिर्न तयार छु । यसले अन्तरद्वन्द बढी चर्किन सक्छ । केन्द्रीय सदस्य बद्री पाण्डेले केही ब्यक्ती टिपेर टिमको राजनीति गर्नु भन्दापनि देशको ठुलो सपना बोकेको सम्भावना भएको ब्यक्ती भएकाले अल्झनमा लाग्ने हैन । सबैलाई मिलाएर लैजाने तर्फ लाग्दा बेश हुन्छ ।

अराजक तत्वले ब्यक्तीगत स्वार्थशिद्धीका लागिकहिले पार्टी कार्यालय तोडफोड गर्ने ,कहिले झण्डा जलाउने, कहिले कालो झण्डा देखाउने यसले केबल मुर्खताको संज्ञा दिन्छ । यस्ता कुकृत्यले समाज रुपान्तरण हैन समाज बिखण्डनको शीकार बनाउँछ । यस्ता गलतप्रर्बत्तीलाई रोक्न बाजुराको राजनीतिक मियोका रुपमा स्थाति नेताद्वोय जनकराजगिरी र देबराज जोशी लगायतकाशीर्ष नेतालहरुले पछिल्लो पुस्ताका नेताकार्यकर्तालाई गुुँण र दोषका अधारमा कार्यकर्ता परिचालन रशक्ती बाँडफाँड गर्नु पर्ने हो । उनीहरु पनि त्यसमा उद्यतभएको देखिदैन । अब नेपालीजनताले कोरा भाषण भन्दापनि समाज समृद्धीका एजेण्डामा सहमतगर्ने छन् । हामीलाई कुसल जनप्रतिनीधि एनकीकुसल नेतृत्वचाहिएको हो ।

बाजुरामा नेता देखि हाकिमसमाजजसेवी सबैलाई कालो झण्डा, कालोमोसो, जुत्तामाला कुटपिट भाट्या अराजनीतिगर्दै जानेहो भने यो जिल्लामा समृद्धि हैन । देशकै ७७औंको कालोसुचिमाफस्नेछ ।हाम्रो समाजमाकालो झण्डाका नाममा अराजकताफैलदै जानेछ । राजनीतिक बृत्तका नेता कार्यकर्ताले यस प्रति सजग रहन आवस्यक छ ।

चर्चामा

सम्बन्धित समाचार