शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • उपचार अभावमा अलपत्र पेमा ग्याल्वाे गुरूङ, ७ महिना देखी पालमुनिकाे बास (भिडियाे रिर्पाेट)

उपचार अभावमा अलपत्र पेमा ग्याल्वाे गुरूङ, ७ महिना देखी पालमुनिकाे बास (भिडियाे रिर्पाेट)

  • आइतवार, अशोज ३, २०७८
उपचार अभावमा अलपत्र पेमा ग्याल्वाे गुरूङ, ७ महिना देखी पालमुनिकाे बास (भिडियाे रिर्पाेट)

लक्ष्मीराज पाध्याय — बडिमालिका नगरपालिका ८ बाउलीमा बस्दै आएका पेमा ग्याल्वो गुरुङ उपचार अभामा अलपत्र परेका छन् । पेमा बिगत ७ महिनादेखी थला परेका छन । उनलाई पक्षघात संगै क्षयरोग कारण गुरुङ ७ महिनादेखी उपचार अभाबमा अलपत्र परेको वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश रावलले वताएका छन् । पेमा ७ महिना देखी पाल मुनी जिवनरमरणको दोसाधमा रहेका छन् ।
पुर्खेली घर बुढिनन्दा नगरपालिका ९ पाण्डुसेन भएपनि गुरुङ जिबिकाको लागि २ ओटा खच्चर चलाउदै बडिमालिका नगरपालिका ८ बाउलीमा बसोबास गर्दै आएका थिए । उनि बिरामी भएपछि उनका दुई खच्चर समेत अरुको जिम्मा दिएको स्थानीयले बताए । उनको आर्थिक स्थिती कमजोर भएका कारण छिमेकीहरुले थोरै रकम संकलन गरी जिल्ला अस्पतालमा उपचार गराएको स्थानीय तनी थापाले बताइन ।
अस्पतालले सुबिधा सम्पन्न अस्पतालमा जान भनेपनि उनलाई आर्थिक अबस्थाले नभ्याएपछि हाल घर नजिकैको पालमा बस्ने गरको उनकी छोरी अन्जलीले बताइन । उनलाई क्षयरोग संगै पक्षघात भए पछि हिडडुल गर्न र चर्पी जान समेत समस्या भएको छोरीले वताईन् ।
पक्षघात भइसकेपछि गुरुङलाई हिडडुल गर्न समस्या भएको र चर्पी जान समेत २ ओटा छोरीले बोकेर लिने गरेको स्थानीय तनी थापाले बताईन । उनकी श्रीमती दावा साङगु गुरुङ १ बर्ष पहिले भिरबाट लडेर मृत्यु भएको स्थानिय थापाले बताइन । आमाको मृत्यु र बुवा बिरामी परेपछि उनकि २ वटा छोरी अहिले अलपत्र अबस्थामा रहेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार