बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • काँग्रेसलाई विधि र विधानसंगै अगाडि बढाउँदै सुढृड र सक्षम काँग्रेस बनाउन मेरो उम्मेद्धारी : अयडी

काँग्रेसलाई विधि र विधानसंगै अगाडि बढाउँदै सुढृड र सक्षम काँग्रेस बनाउन मेरो उम्मेद्धारी : अयडी

  • आइतवार, अशोज ३, २०७८
काँग्रेसलाई विधि र विधानसंगै अगाडि बढाउँदै सुढृड र सक्षम काँग्रेस बनाउन मेरो उम्मेद्धारी : अयडी

धनगढी — विपिको समाजवादलाई आत्मसाथ गर्दै २०४६ साल देखि नेपाली कंग्रेसमा निरन्तर लागेर नेपाली काँग्रेसको लामो समय देखि राजनीतिक पृष्टभुमिबाट आएका नेपाली काँग्रेसका नेता दान बहादुर अयडीले यस पाली वडा सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । नेता अयडीले पार्टीको १४ औँ महाधिवेशन तथा ७ औँ जिल्ला अधिवेशनबाट त्रिवेणी नगरपालिका वडा नं. ७ मा वडा कार्यसमिति सभापतिको पदका लागि उम्मेद्वारी दिने घोषणा गरेका छन् । अयडीले बाजुरा जिल्ला नेपाली काँग्रेस प्रदेश ख को त्रिवेणी नगरपालिका वडा नम्वर ७ को वडा सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली काँग्रेस लाई बिधि र बिधान संगै अगाडी बढाउँदै सुढृड र सक्षम काँग्रेस बनाउन आफ्नो उम्मेद्धारी रहेको अयडीले बताए । पछिल्लो समय नेपाली काँग्रेस बिधि र बिधान बिपरीत जाँदै गरेकोप्रति उनले पार्टिमा गुटबन्दी हुन नदिने गरी काँग्रेसलाई अघि बढाउने आफ्नो योजना रहेको अयडीले बताए । पार्टिभित्र योगदान गरेका कार्यकर्तालाई मुल्याँकन गर्दै उनीहरुलाई उचित स्थान दिने आफ्नो योजना रहेको अयडीले बताए । वडामा नेपाली काँग्रेसलाई विधि र विधान अनुसार नै चलाएमान गराउनका लागी आफुले काम गर्ने उनको भनाई छ ।

पार्टीबाट धेरै ठुलो अपेक्षा नगरेको बताएका अयडीले पार्टिभित्र राजनितिक सँस्कार बसाल्नका लागी नै आफ्नो उम्मेद्धारी रहेको बताए । युवाहरुको प्रतिनिधिका रुपमा सम्पूर्ण पार्टीका नेता कार्यकर्ताहरुको सम्मान पूर्ण सहभागिता सहितको बलियो काङ्ग्रेस र संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहने उनले बताए । समाजमा रहेका विकृति बिसंङ्गती भ्रष्टाचार विरुद्ध उभिन र पार्टीको आमूल परिवर्तनका लागि आफू सधै सदैव प्रतिबद्ध रहने पनि उनको भनाइ छ । नेपाली काँग्रेसको २०४६ सालमा कियाशील सदस्य भएर हरेक पार्टीको मोर्चामा काम गर्दै साविको कैलाशमाण्डौ गाविसको नेपाली काँग्रेस उपसभापति सम्मेत अयडी बनि सक्यका छन्। अयडीले यस भन्दा पहिले नेपाली काँग्रेसको वडा नेतृत्वले अतिवाद प्रवृदि शैलि भएकोले त्यसलाइ सहि माग्रमा ल्याउनको लागि मेरो वडा उम्मेदवारी रहेको उनले बताए । नेपाली काँग्रेस भित्र देउवा र रामचन्द पौडेल बीच भए पनि आफु गुड भन्दा पनि पार्टीलाई मान्ने गरेको बताए । अहिले उम्मेदारी घोषणा गरी सके गुडको पछी आफु नलागेको पनि अयडीले बताए । नेपाली काँग्रेसको २०४६ सालमा क्रियाशील सदस्य भएर हरेक पार्टीको मोर्चामा काम गर्दै साविको कैलाशमाण्डौ गाविसको नेपाली काँग्रेस उपसभापति तिन पटक सम्मेत बनेको बताए ।

यस भन्दा पहिले नेपाली काँग्रेसको वडा नेतृत्वले अतिवाद प्रवृतिशैलि भएकोले त्यसलाइ सहि मार्गमा ल्याउनको लागि मेरो वडामा उम्मेदवारी रहेको उनको दावी छ ।

चर्चामा

सम्बन्धित समाचार