मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका जाने १३ किलोमिटर पदमार्ग निर्माण, पर्यटकलाइ जान सहज

बडिमालिका जाने १३ किलोमिटर पदमार्ग निर्माण, पर्यटकलाइ जान सहज

  • शुक्रबार, अशोज १, २०७८
बडिमालिका जाने १३ किलोमिटर पदमार्ग निर्माण, पर्यटकलाइ जान सहज
धार्मीक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा जाने पदमार्ग र निर्माण भएका बास्थान, बिश्राम स्थल । फाेटाे : जंग रावल

लक्ष्मीराज पाध्याय — धार्मीक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा जाने पदमार्ग निर्माण भएको छ । पर्यटन बिभागले मार्तडी देखी बडिमालिकाको सोता पाटन सम्म करिब १३ किलोमिटर पदमार्ग निर्माण गरेको बिभागले जनाएको छ ।
२०७७ साल असोज महिनामा पदमार्ग, आराम गर्ने बिश्राम स्थल, र बास्न बस्ने घर निर्माण सहित जलुकेनी निर्माण सेवाले कामको जिम्मा पाएको बिभागका ईन्जिनियर सचिन कुमार यादबले वताएका छन् । निर्माण कम्पनीले १८ महिना भित्र काम गर्न सक्नुपर्ने सम्झौता भएपनि ९५ प्रतिशत काम भने १० महिनाको अबधिमानै सम्पन्न गरिसकेको निर्माण सेवाका सञ्चालक ऋषि राम फुुयालले वताएका छन् । अफ्ठयारो ठाँउमा पदमार्ग सँगै छेउमा रेलिङ निर्माण गरिएको र १३ किलोमिटरको बिचमा २ ठाउँमा पर्यटकलाई बास्थान समेत निर्माण गरेको फुुयालले वताए ।
पर्यटक बिभागले ३ करोड २० लाखमा टेन्डर गरेको थियो । निर्माण कम्पनीले २ करोड ४८ लाखमा काम गर्ने जिम्मा पाएको बिभागले जनाएको छ । बडिमालिकामा पदमार्ग सँगै बासथान निर्माण भएपछि मार्तडी देखी १३ किलोमिटर सम्म पर्यटकलाई जान निकै सहज भएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् । त्यो भन्दा माथि बाटो निकै अफ्ठयारो रहेको पदमार्ग, बासस्थान, शौचालय र ठाँउ ठाँउमा खानेपानिका ब्यबस्थापन गर्नुपर्ने अधिकारीले वताएका छन् । यो बर्ष बडिमालिकामा भदौ ६ गते मेला लागेको थियो, त्यो बेला मार्तडी बाट बडिमालिका जादा पदमार्ग बनेको ठाँउमा हिड्न निकै सजिलो भएको बडिमालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश रावलले वताए ।
बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले भने संघ, प्रदेश सँग बडिमालिका सम्म पदमार्गका लागि पहल भइरहेको बताए । अहिले १३ किलोमिटर हुदा पनि बडिमालिका जानलाई निकै सजिलो भएको बडुवालले वताए । पदमार्ग र ठाउँठाउँमा बासस्थान बन्यो भने जनैपुणर्िमा मात्र नभई अन्य समयमा पनि बडिमालिका जान निकै सहज हुने उनले वताए ।
बडिमालिका माईको दर्शन गर्नाले मनको ईच्छा पुरा हुने भएकाले देश बाहिर बाट समेत दर्शनार्थी मेला भर्न आउने गरेको त्रिबेणी नगरपालिका दिर्घराज जोशिले बताएका छन् । धार्मिक तथा पर्यटकिय महत्व बोकेको बडिमालिका ४ हजार मिटर भन्दा उचाईमा रहेको छ । बडिमालिकाको पुजाआज गरेपछि ईच्छाएको बरदान हुने बडिमालिकाका पुजारी भानुभक्त पाध्याले बताएका छन् ।
बडिमालिकामा प्रत्येक बर्ष जैन पुणर्िमाका बेलामा हजारौ दर्शनाथि जाने गर्दछन् । बाटो सहज निर्माण भए अन्य समय पनि जान सक्ने स्थानियले वताएका छन् । बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वातावरण्ीाय दृष्टीकोणले विषेश महत्व रहेको डिभिजन बन कार्यलय बाजुराले जनाएको छ । पर्यटकिय सम्भाबना बोकेका २२ पाटन्, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन् । बडिमालिकाको क्षेत्र पुर्वमा जगन्नाथ गाउँपालिका र कालिकोट जिल्लाका केही भाग पश्चिममा कैलाशमाण्डौ, त्रिबेणी नगरपालिका, बडिमालिका नगरपालिका र दक्षिणमा कालिकोटको केही भाग अछामको ऋषिदह छतारा चारकिल्ला भित्र पर्ने गर्दछ ।

चर्चामा

सम्बन्धित समाचार