मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • मानव अधिकारकर्मी असुरक्षित हुने गरी सूचना चुहावट नगर्नु : प्रमुख जिल्ला अधिकारी

मानव अधिकारकर्मी असुरक्षित हुने गरी सूचना चुहावट नगर्नु : प्रमुख जिल्ला अधिकारी

  • बुधबार, भदौ ३०, २०७८
मानव अधिकारकर्मी असुरक्षित हुने गरी सूचना चुहावट नगर्नु : प्रमुख जिल्ला अधिकारी

जंग रावल — मानव अधिकारकर्मीहरु असुरक्षित हुने गरि सुचना चुहावट नर्गन प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले अनुरोध गरेको छन । जिल्ला सदरमुकाम मार्तडीमा आयोजित मानव अधिकार रक्षक संजांलको कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले यस्तो भनेको हुन ।
जिल्लामा हुने मानव अधिकार हननका घटनाहरुमा मानव अधिकार कर्मीहरुले मागेको सुचना चुहावट गरी मानव अधिकारकर्मी जोखीममा हुने भएकोले सो बिषयमा प्रहरी लगायतका निकायलाई यस्तो नगर्न अुनरोध गरेका हुन । यस बिषयमा महिला अधिकार कर्मी र दलित अधिकार कर्मीहरु उच्च जोखीममा रहेको प्रमुख जिल्ला अधिकारीले बताएका छन ।
मानव अधिकार कर्मीहरुको जिल्लामा सरकारी सुरक्षा समितिहरुमा अभिलेखीकरण गर्नुपर्ने, मानव अधिकार कर्मीहरुले प्रहरी र सुरक्षा संयन्त्रमा खवर गर्दा प्रहरीले गोपनियता राख्नुपर्ने, भौगलिक समस्याका कारण संचारको सेवा नहुदा मानवअधिकार कर्मी असुरक्षीत हुदा राज्यको निकायसंग जानकारी लिन र दिन समस्या हुने गरेको, मानव अधिकारकर्मीहरुले आफैले पनि आचारसहिंताको पालना गर्नुपर्ने र फिल्डमा जादा आर्थिक समस्या हुने भएकोले सम्बन्धीत निकायबाट आर्थिक सहयोग गर्नुपर्ने जस्ता सुझावहरु आएको मानव अधिकार कर्मी तथा ईन्सेक बाजुराका प्रतिनिधी पदम बहादुर सिहंले बताएका छन ।
नेपाल सरकार गृह मन्त्रालय कानुन महाशाखा मानव अधिकार प्रबद्र्धन शाखाको मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश २०७७ को जिल्ला स्थरको छलफलमा बिभिन्न मानव अधिकार कर्मीहरुले भोगेका समस्याका बिषयमा गरिएको छलफलमा सुझावहरु आएका छन ।
महिला अधिकार कर्मीले भोगेका समस्या र त्यसका समाधानका लागि पनि कानुन बनाउन आबस्यक रहेको महिला अधिकार कर्मी कल्पना महतले बताएकी छन । दलित अधिकार कर्महरू पनि असुरक्षित रहेकाे दलित अधिकारकर्मी गाेरख शार्कीले बताए ।

मानव अधिकार रक्षक संजाल बाजुराका अध्यक्ष निमेन्द्र शाहीको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी रहेको थिए । मानव अधिकारी रक्षक संजाल बाजुराका सदस्य लक्ष्मीराज पाध्यायले संचालन गरेको कार्यक्रमको स्वागत तथा कार्यक्रमका बारेमा सदस्य तुलाराम जैशीले जानकारी गराएको ईन्सेक बाजुराका जिल्ला प्रतिनिधि पदम बहादुर सिहंले बताएका छन ।
कार्यक्रममा बिषिष्ठ अतिथि जिल्ला न्यायधिबक्ता चुडामणी पराजुली, अतिथि अधिबक्ता हर्क खडायत, प्रहरी निरिक्षक बलेन्द्र नाथ र जिल्ला स्थित मानव अधिकार रक्षक संजालका पदाधिकारीहरुको सहभागीता रहेको थियो

चर्चामा

सम्बन्धित समाचार