शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • ‘तेस्रो धार भनिएका एमालेका नेता घर न घाटका’

‘तेस्रो धार भनिएका एमालेका नेता घर न घाटका’

  • मङ्लबार, भदौ २९, २०७८
‘तेस्रो धार भनिएका एमालेका नेता घर न घाटका’

काठमाडौं — लेखक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले एमाले उपाध्यक्षद्धय युवराज ज्ञवाली, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवद्धय योगेश भट्टराई, गोकर्ण विष्ट सहितका तेस्रो धारका नेताहरु अहिले घर न घाटका भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत् संग्रौलाले आत्मसमर्पणको शैलीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका उनीहरुलाई अहिले ओलीले भाउ नदिँदा राजनीतिक हैसियत कमजोर बनेको उनले जनाएका छन् ।

‘आफै इँइँ–मिमी गर्दै, हात मल्दै पाउमा लत्रिने भक्तलाई प्रभुले किन भाउ दिन्थ्यो ?’ संग्रौलाले आज लेखेका छन्, ‘हेर्नोस्त प्रभुद्वारा उपेक्षित रावल, योगेश, घनश्यामादिको बिजोक ! न मुन्टो लुकाउने घर छ न घाट जाने बेला भा’ छ । आफूलाई कठै भन्दिने आफूबाहेक कोही छैन !’

एमालेमा आन्तरिक विवाद चल्दा शुरुमा रावल, योगेश, घनश्याम लागायतका १० जना नेताले माधव नेपाललाई साथ दिएका थिए । एमाले अध्यक्षसमेत रहेका ओलीलाई सत्ताच्युत गर्न निर्णायक भूमिका खेलेका उनीहरुले एमाले विभाजनको बेला भने नेपालको साथ छाडेका थिए ।

१० बुँदे सहमतीको कार्यान्वयन गर्दै पार्टीलाई एकताबद्ध राख्ने भन्दै उनीहरुले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालको साथ छोडेका थिए । ओलीसंग १० बुँदे सहमती कार्यान्वयन गर्ने सहमती गरेर उनीहरु एमालेमै बसेका थिए ।

तर ओलीले पछिल्लो समय १० बुँदे सहमती जस्ताको त्यस्तै कार्यान्वयन गर्न नसकिने जवाफ दिएपछि तेस्रो धार भनिएका नेताहरु एमालेमा जिम्मेवारी बिहिन भएका छन् । यस अघिका उनीहरुको जिम्मेवारी खोसेर ओलीले आफू निकटका खास नेतालाई दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार