मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • मास्टर सापलाई बिद्यार्थीको भन्दा राजनितीको चिन्ता

मास्टर सापलाई बिद्यार्थीको भन्दा राजनितीको चिन्ता

  • सोमवार, भदौ २८, २०७८
मास्टर सापलाई बिद्यार्थीको भन्दा राजनितीको चिन्ता

बाजुरा — प्राय सबै पार्टीमा आस्थावान शिक्षकहरुलाई राजनिति चासो बढि नै हुने गर्दछ । सोही क्रममा यतिबेला नेपाली काग्रेसंको महाधिबेशन नजिकिए संगै बाजुरामा पनि शिक्षकहरु राजनितीमा होमिएका छन । जिल्लाका बिभिन्न वडा कमिटि टोल कमिटीका अधिबेशनहरुमा शिक्षकहरु तदारुक्ताका साथ लागेको बिभिन्न ठाउँबाट जानकारी प्राप्त भएको छ ।
भदौ १९ गते जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ स्थित रजातोलीमा टोल कमिटि गठनमा पनि शिक्षकहरुको सहभागीता उल्लेख्य रुपमा रहेको पाईको छ । बडिमालिका नगरपालिका वार्ड नम्बर ७ का स्थानिय तथा सदरमुकाम स्थित मालिका नमुना माबिका शिक्षक मथुराराज पण्डित, वडा न ७ कै ज्ञानोदय माबिकी शिक्षीका रिठुदेवी पाध्याय र सोही वडामा रहेको कालिका आधारभुत बिद्यालका प्रअ सहदेव पाध्याय लगायतका शिक्षकहरु भदौ १९ गतेको वडाभेलामा सहभागीता रहेको स्थानिय अभिभावकहरुले बताएका छन ।
उनिहरु बडिमालिका नगरपालिका वडा न ७ को रजातोलीमा भएको टोल कमिटि को अधिबेशनमा पुगेर चारतारे झण्डामुनी उभिएर खिचेको फोटो सामाजिक संजाल फेशबुकमा भाईरल भएको छ ।
“यि शिक्षकहरुलाई जतिको राजनितीक रुपमा चासो र चिन्ता छ त्यतैकै हाम्रा नानीबाहरुको भबिस्यको चिन्ता गरिदिएको भए हाम्रा नानिबाबुहरु बिद्यालयमा फेल हुदैन थिए एक अभिभाकले बडिमालिका खवरलाई भने ।”
तर यस्त गतिबिधी शिक्षकलाई सामान्य हुने गरेका छन् । बाजुराका शिक्षकहरु यतिबेला चारतारे झण्डा बोकेर कार्यक्रममा सहभागी हुन उत्साहका साथ लागेको पाईएको छ ।
शिक्षा क्षेत्र राजनितिबाट मुक्त गर्ने भनिए पनि यो सफल हुन सकेको छैन् । नगरपालिका गाउँपालिकामा पाटीको झण्डा मुनिबाट शिक्षक भर्ना गरेकोले पनि यस्ता गतिबिधी शिक्षा शाखाहरुबाट नियन्त्रण हुन नसकेको नागरिक अगुवाहरुको भनाई रहेको छ ।
पार्टीका शिक्षक भर्ना भएदेखि शिक्षकहरुले खुलयाम पार्टीका गतिबिधीमा समाबेस हुँदा पनि नगरपालिका र गाउँपालिकाका शिक्षा शाखाहरु र जिल्ला शिक्षा समन्वय ईकाइ निरीह बनेको छ । शिक्षकहरु अहिले मात्र हैन हरेक कार्यक्रममा यसरिनै सहभागी हुने गर्दछन उनीहरु गाउँमा शिक्षक भन्दा पार्टीका कार्यक्रताको रुपमा बढि चिनिन्छन ।

चर्चामा

सम्बन्धित समाचार