शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • यी चार समस्या भएका मानिसहरूले खानु हुँदैन मखना

यी चार समस्या भएका मानिसहरूले खानु हुँदैन मखना

  • शनिबार, भदौ २६, २०७८
यी चार समस्या भएका मानिसहरूले खानु हुँदैन मखना

राम्रो स्वास्थ्यका लागि स्वस्थ र सन्तुलित खानपान हुन अत्यावश्यक छ । तर यसका साथै कहिले र कति मात्रामा कुन खानेकुराको सेवन फाइदाजनक हुन्छ, त्यो पनि थाहा पाउन आवश्यक छ । सही समयमा उचित कुराको सेवनले शरीरलाई पर्याप्त पोषण दिन्छ र थुप्रै समस्याबाट पनि जोगाउँछ । कुरा जब स्वास्थ्यका लागि फाइदाजनक कुराको आउँछ तब मखनाको कुरा पनि आउने गर्छ ।

मखना स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । मानिसहरू यसको सेवन व्रत बसेका बेला पनि गर्छन् । मखना शरीरका लागि फाइदाजनक विभिन्न पोषक तत्त्वले भरपुर हुन्छ । यसलाई काँचै र पकाएर पनि खान सकिन्छ । आयुर्वेदमा यसलाई औषधीको रूपमा पनि प्रयोग गरिन्छ । स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने मखनाको सेवन यदि सही ढङ्गले नगर्ने हो भने यसले तपाईंको स्वास्थ्यमा विभिन्न समस्या पनि निम्त्याउन सक्छ । केही स्वास्थ्य अवस्थामा मखनाको सेवन हानिकारक पनि हुन्छ ।

मखनामा पाइने पोषक तत्त्व

मखनालाई मकैको फूलको रूपमा पनि चिनिन्छ । यसमा शरीरका लागि उपयोगी विभिन्न पोषक तत्त्व पाइन्छन् । मखनामा क्यालोरी, कार्ब्स र प्रोटिनजस्ता विभिन्न पोषक तत्त्व पाइन्छ । मखनामा मुख्य रूपमा पाइने पोषक तत्त्वबारे जानकारी लिऔँ ।

– प्रोटिन

– कार्बोहाइड्रेट

– क्याल्सियम

– आइरन

– फाइबर

– म्यागनिज

– पोटासियम

– थियामिन

– फस्फोरस

यी समस्या हुँदा मखनाको सेवन गर्न नहुने

स्वादमा अब्बल र स्वास्थ्यका लागि फाइदाजनक मखनाको सेवन केही समस्यामा गर्नु हुँदैन । त्यसबारे जानकारी लिऔँ ।

१. मिर्गौलाको पत्थरीः

मिर्गौलाको पत्थरी हुँदा मखनाको सेवन नगर्न सल्लाह दिइन्छ । थुप्रै शोध र अनुसन्धानले पनि मिर्गौला पत्थरी हुँदा मखनाको सेवन गर्न नहुने बताउँछ । मखनामा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ त्यसैले जब तपाईंलाई मिर्गौलाको पत्थरीको समस्या छ भने यसका कारण मिर्गौलाको पत्थरको आकार बढ्न सक्छ । वा तपाईंलाई मिर्गौलासँग सम्बन्धित अन्य समस्या हुनसक्छ ।

२. पेटको ग्यासः

ग्यास्ट्रिकको समस्या भएको स्थितिमा पनि मखनाको सेवन गर्नु हुँदैन । मखनामा प्रोटिन र फाइबर प्रचुर मात्रामा पाइन्छ जुन शरीरका लागि राम्रो त हुन्छ तर यो पचाउनका लागि शरीरले अत्यधिक मिहिनेत गर्नुपर्ने हुन्छ । यस्तोमा जब तपाईंलाई ग्यास्ट्रिकको समस्या हुँदा यो सेवन गर्नुहुन्छ भने तपाईंको समस्या बढ्न सक्छ ।

३. पोटासियम कम सेवन गरेको स्थितिमाः

यदि तपाईं मिर्गौलासँग सम्बन्धित कुनै प्रकारको समस्यासँग जुधिरहनुभएको छ भने चिकित्सकले तपाईंलाई पोटासियम, क्याल्सियम आदिको कम सेवन गर्न सल्लाह दिन्छन् । मिर्गौलाले काम गर्न बन्द गरेको अवस्थामा, सङ्क्रमण भएको अवस्थामा र पत्थरी भएको अवस्थामा तपाईंले खानपिनका लागि विशेष ध्यान दिनुपर्छ । यस्ता समस्या छन् भने मखनाको सेवन कुनै पनि हालतमा नगर्नुहोस् । मखनामा पोटासियमको पर्याप्त मात्रा पाइन्छ जुन यस्तो स्थितिमा तपाईंका लागि हानिकारक साबित हुनसक्छ ।

४. झाडा लाग्दाः

मखना फाइबरको समृद्ध भण्डार हो र झाडा लाग्दा यसलाई नखान नै सल्लाह दिइन्छ । कब्जियत आदिको समस्यामा बाउल मुभमेन्टलाई राम्रो बनाउनका लागि मखनाको सेवन निकै फाइदाजनक मानिन्छ । तर झाडा लाग्दा फाइबर रिच फूड्सको सेवन गर्नुहुँदैन ।

यसका साथै मखनाको अत्यधिक सेवन पनि हानिकारक हुनसक्छ । मखनाको अत्यधिक सेवन गर्दा तपाईंलाई एलर्जी, इन्सुलिनको असन्तुलनलगायतका समस्या हुन्छन् । मधुमेहका बिरामीले मखनाको सेवन अघि आफ्नो डाक्टरको सल्लाह लिनुपर्छ किनभने मखानाको सेवन ब्लड सुगरलाई कम गर्नका लागि पनि गर्ने गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार