शुक्रबार, अशोज १, २०७८
  • होमपेज
  • देश
  • कवि सीताका पुस्तक “तरङ्गर दुई किनार”मा दृष्टि लगाउँदा

कवि सीताका पुस्तक “तरङ्गर दुई किनार”मा दृष्टि लगाउँदा

  • शुक्रबार, भदौ २५, २०७८
कवि सीताका पुस्तक “तरङ्गर दुई किनार”मा दृष्टि लगाउँदा

अर्घाखाँची अर्घातोस-३ मा जन्मिएकी कवि सीता सुवेदी पन्थीज्यूले विभिन्न क्षेत्रमा रहेर बिधालय र कलेजहरुमा अध्यापन गराउदै आउनुभएको छ। हाल पृथ्वीनारायण उच्च मा.वि. तारकेश्वर काठमाडौंमा नेपाली बिषयको दक्ष शिक्षिका हुनुहुन्छ। सरल शान्त स्वभावकि सुवेदी फुर्सदमा सिर्जनाहरु कोर्नुहुन्छ।

No description available.

वहाँका थुप्रै कृतिहरु पनि प्रकाशित छन्। म पनि साहित्य क्षेत्रमा रुचि राख्ने भएकोले साहित्य सिर्जनाको बागमा २०७६ भाद्र महिनाको अन्तिमतिर सामाजिक सञ्जाल मार्फत हाम्रो साहित्यिक साइनो जोडियो।वहाँ नेपाली भाषामा दक्ष शिक्षिका हुनुभएकोले म वहाँलाई मेरा सिर्जनाहरु हेरिदिन अनुरोध गर्दथेँ।वहाँले समय मिलाएर हेरिदिनुहुन्थ्यो,सुझाव दिनुहुथ्यो।यसरी समय बितिरहेको थियो।केही दिन अगाडी साइनो वाङमय प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा मात्र वहाँ सङ्ग प्रत्यक्ष भेट भयो।भेटको दौरान वहाँका कृतिहरु मध्य दुई कृतिहरु प्राप्त गर्ने सुन्दर सुयोग जुर्यो ।छुट्टाछुट्टै दुई कविता सङ्ग्रह सूक्ष्म अध्ययन गर्ने समय मिल्यो।

No description available.

२०६९ मा प्रकाशित कृति तरङ्गमा भिन्न भिन्न शीर्षकमा चालीस कविता समाबेश गरिएका छन् ।कृतिको सुरुमा डा. राम प्रसाद ज्ञवालीको शुभकामना रहेको छ,दोस्रो लेखमा रामदेव पाण्डेले सूक्ष्म समीक्षा अर्नु भएको छ।कविले अति सरल शब्दमा जटिलतालाई सहज गरेको देखिन्छ। आमा,मातृभूमि, नेपालको अस्थिर राजनिती, समाजको विकृती माथी प्रहार गर्दै कतैकतै प्रेमको सुबास पनि भेटिन्छ। सकारात्मक संदेश दिदादिदै कविले कतैकतै नैरश्यता लुकाउन नसकेको पनि देखिन्छ।आमा सङ्ग टाढा हुँदाको पिडा पहिलो शीर्षक रहेको छ। कतै अन्धबिस्वास तोड्ने प्रयास गरिएको छ, धेरै कवितामा देशको चिन्ता पाइन्छ।नेपालको अस्थिर राजनितीले कविलाई दुखाएको छ।

२०७२ मा प्रकाशित कृति (दुई किनारमा पनि ५३ वटा कविता समाबेश छन् ।उक्त कृति मा स।प्र।अ। रामप्रसाद न्यौपानेले शुभकामना लेख्नुभएको छ, समीक्षामा रामचन्द्र फुयाल र प्राडा जगदीश चन्द्र भण्डारीले गहिराईमा समीक्षा गर्नु भएको छ।, नजानेकै जाती,भावना, पवित्र पेशा, नचिनेरैपनि, उर्वर छ माटो ,बिन्ती छ मेरो,अन्तिम सीमा टेक्यौ, भानु लाई आग्रह,भ्रुण हत्या, कालोमन, शिक्षा सेवा ,सफलताको साँचो, शिक्षक मित्र लाई आह्वान,बालबालिका ,साक्षरताको दियो वालेर , युवा तिमी,के छैन र यहाँ रु यो देशका नेता जस्ता शीर्षक बाट सजिलै अनुमान पनि लगाउन सकिन्छ। यस कृतिमा राष्ट्रवाद, मानबता,शैक्षिक चेतना , सामाजिक विकृतिको अन्त्य गर्दै सभ्य समाजको बिकासको चाहना राखेको देखिन्छ। समग्रमा कविले सकारात्मक संदेश दिनुभएको छ।

चर्चामा

सम्बन्धित समाचार