मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • एमाले प्रदेश अध्यक्ष थापाको गृह जिल्लाबाट ५ जना जनप्रतिनिधिले रोजे नेकपा (एस)

एमाले प्रदेश अध्यक्ष थापाको गृह जिल्लाबाट ५ जना जनप्रतिनिधिले रोजे नेकपा (एस)

  • बिहिबार, भदौ २४, २०७८
एमाले प्रदेश अध्यक्ष थापाको गृह जिल्लाबाट ५ जना जनप्रतिनिधिले रोजे नेकपा (एस)

पदमबहादुर सिंह/बाजुरा —  नेकपा एमालेका शुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापको गृह जिल्ला बाजुराबाट ५ जना जनप्रतिनिधिले नेकपा एकिकृत्त समाजमादी बार्टीमा हस्ताक्षर गरेका छन् ।
माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता पछि त्यसको असर बाजुरामा कमजोर देखिएको छ। नेकपा एमाले शुदुरपश्चिमप्रदेश अध्यक्ष थापाको गृह जिल्ला बाजुराबाट निर्वाचित न्यून जनप्रतिनिधिले मात्रै नेकपा एकिकृत्त समाजबादी पार्टी रोजेका छन् ।
निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्न समय दिएको थियो । अन्तिम दिन भदौ २२ गतेसम्म ५ जनाले नेकपा समाजवादी पार्टीमा हस्ताक्षर गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी बिशाल पुडासैनीले जनाएको छ।
निर्बाचन कार्यालय बाजुराका अनुसार समाजबादी पार्टीमा हस्ताक्षर गर्ने स्वामीकार्तिक खापर गाउपालिकाका अध्यक्ष चिरन्जीबी शाही, उपाध्यक्ष मीमा बुढा बुढीनन्दा नगरपालिका ९ का वडा अध्यक्ष खडक बोहोरा बुढीगंगा नगरपालिका ९ का वडा अध्यक्ष भरत थापा र सदस्य बुदी सेरालाले हस्ताक्षर गरेको बताएको छ ।
बाजुरा जिल्लामा ४ नगरपालिका र ५ गाउपालिका गरी नौ स्थानियतह छन् । नेकपा एमालेले ३ गाउपालिकामा प्रमुख, ४ पालिकामा उपप्रमुख, ३२ वडा अध्यक्ष, ३० महिला वडा सदस्य, ३१ दलित महिला वडा सदस्य, ९ दलित अल्पसंख्या र ५९ जना अन्य वडा सदस्य गरी १ सय ६८ जना नेकपा एमालेबाट निर्बाचित जनप्रतिनिधि रहेका थिए । पाच जनाले नेकपा एकिकृत्त समाजबादी दल रोजे पछि अब १ सय ६३ जनप्रतिनिधि एमालेमा रहेका छन् ।
बाजुराबाट नेतृत्तो गर्ने केन्द्र र प्रदेशका सबै नेता एमालेमै
नेकपा एमाले बिभाजन पछि बाजुराका केन्द्रिय तथा प्रदेशतहका सबै नेता एमालेमै रहेका छन् । माधब नेपालले नयाँ पाटि दर्ता गरेसँगै बाजुरा नेकपा एमालेमा सुदुरपश्चिम प्रदेश अध्यक्ष कणर्बहादुर थापा, नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश (ख) बाट प्रदेश सांसद निर्बतमान मार्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र प्रदेश (क) बाट प्रदेश सांसद बल्देव रेग्मी नेकपा एमालेमै उभिएका छन ।
विगतमा माधव समूहमा रहेका प्रकाशबहादुर शाह, एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टीलाई साथ नदिए पछि उनले पनि माधवको साध छाडेको छन् ।
एमाले जिल्ला कमिटीका ३जना नेकपा (एस)
नेकपा एमाले बाजुराको ५८ जना जिल्ला कमिटिमा जिल्ला कमिटि रहेकोमा उप सचिब गगन रावल, जिल्ला कमिटी सदस्य पुरबहादुर रावत र मनोनित सदस्य किटो ल्वार गरी ३ जना नेकपा समाजवादी गएका छन ।
एमाले छोडेर समाजबादी पार्टीमा गएका उप सचिब गगन रावल समाजबादी पार्टीका जिल्ला अध्यक्ष र सदस्य पुरबहादुर रावत सचिवमा चयन भएका छन् । भने ल्वार जिल्ला कमिटी सदस्यमा चयन भएका छन् ।
५८ जनामध्ये ५३ जना प्रस्ट नेकपा एमालेमै रहेका नेकपा एमाले प्रचार बिभाग प्रमुुख अम्मर खड्काले बताएका छन् । नेकपा एमालेको अन्तिम बैठक २०७४ माघ १८ गते सम्पन्न भएको थियो ।
उक्त बैठकमा नेकपा एमाले जिल्ला कमिटिमा ५८ जना सदस्य रहेको पाईएको छ । जसमा २ जना जिल्ला कमिटि सदस्य टिका बिक र बिनोद कुमार बिकको मृत्यु भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार