मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • साफेँ मार्तडी सडक अवरुद्ध हुँदा बाजुरामा बोकेर कोरोना खोप ल्याइदै

साफेँ मार्तडी सडक अवरुद्ध हुँदा बाजुरामा बोकेर कोरोना खोप ल्याइदै

  • बिहिबार, भदौ २४, २०७८
साफेँ मार्तडी सडक अवरुद्ध हुँदा बाजुरामा बोकेर कोरोना खोप ल्याइदै

बाजुरा — बाजुराको मुख्य राजमार्गको रुपमा रहेको साफेँ मार्तडी सडक अन्तरगत बल्दे-अम्काेट सडक अबरोध हुँदा बाजुराको दैनिकी कठिन बन्दै गएको छ । साफेँ मार्तडी सडक अबरोध हुदा बाजुरामा दैनिक उपभोग्य साम्रगीका साथै औषधीहरु पनि मान्छेले जोखीम मोलेर सदरमुकाम पुर्‍याउनु परेको हो ।
साफेँ मार्तडी सडक खण्ड अन्तरगत बल्दे देखी अम्कोटसम्म करिव ५ किलोमिटर सडक पहिरोले भत्काएपछि मान्छे समेत ओहोर दोहोर गर्न  समस्या भएको र सडक दिनहुँजसो अवरुद्ध भईरहँदा कोरोना बिरुद्धको खोप बाजुरा ल्याउन मुश्किल पर्ने गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

No description available.
बर्खायामको अबिरल बर्षाका कारण सडक अबरोध भएकोले भौगालिक रुपले विकट बाजुरामा कोरोना बिरुद्धको खोप ढुवानीमा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । सडक भाँसिने, सडक माथिबाट पहिरो जाने र सडक बेस बगाउने गर्दा बर्खायामको मौसममा बाजुराको साफेँ मार्तडी सडकमा सवारी साधन तथा पैदलयात्रीलाई सास्ती हुने गरेको छ ।

No description available.
साँफेबगर-मार्तडी-कोल्टी सडकअन्तरगत पर्ने बल्दे-अम्कोट सडक जेठ ३१ गते देखी अवरुद्ध भएको र अझै खुल्न सकेको छैन । निरन्तर बर्षा भईरहेकोले सो सडकमा डोजर, स्काईभेटर चलाउन नमिल्ने भएकाले सो सडक सुचारु गर्न अझै मुस्किल भएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।
कोरोना बिरुद्धको खोपको पर्खाईमा बसेका बाजुराबासीलाई खोप ढुवानीमा सडकका कारण निकै सास्ती भोग्नु परेको स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताए ।

चर्चामा

सम्बन्धित समाचार