शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा सडक अबराेध हुँदा अक्सिजन पलान्ट र पिसीआर मेशिनकाे उपकरण ढुवानीमा समस्या

बाजुरामा सडक अबराेध हुँदा अक्सिजन पलान्ट र पिसीआर मेशिनकाे उपकरण ढुवानीमा समस्या

  • बिहिबार, भदौ २४, २०७८
बाजुरामा  सडक अबराेध हुँदा अक्सिजन पलान्ट र पिसीआर मेशिनकाे उपकरण ढुवानीमा समस्या

बाजुरा — जिल्ला अस्पताल बाजुरामा जडान गर्ने भनिएकाे अक्सिजन पलान्ट र  पिसीआर मेशिनकाे उपकरण ढुवानीमा समस्या भएकाे छ । बर्षायामकाे पानीले साफेँ मार्तडी सडकखण्डकाे बल्दे देखी अमकाेट सडक अबराेध भएका कारण समस्या भएकाे हाे । जिल्ला अस्पताल बाजुराका अनुसार सडक अबराेध भएका कारण उपकरणहरू केही काठमाण्डाै र केही सामानहरू धनगडीमा थन्कीएकाे जनाएकाे छ । अक्सिजन पलान्ट र  पिसीआर मेशिन जडान कार्य भदौ मसान्त सम्म सम्पन्न गर्ने उदेस्य भएकाे भए पनि सडक नहुदा ढुवानीमा समस्या भएकाे जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जाेशीले बताए  ।
पिसिआर मेशिन र अक्सिजन पलान्ट बनाउने कम्पनीको म्याद भदौ १५ गते सम्म रहेको भए पनि बाटोका कारण सामान ढुवानीमा समस्या भएका कारण  दुबै काम सम्पन्न गर्न कठिन भएकाे डाक्टर जोशीले बडिमालिका खवरसंग बताए  । अक्सिजन पलान्टको काम धरै अगाडी बढिसकेको छ र केही सामनहरू धनगढीमै थन्क्याउनु परेकाेले  काम सम्पन्न गर्न कठिन भएकाे डाक्टर जाेशीले भने ।

 त्यस्तै पिसिआर मेशीन जडानको कार्यलाई पनि तिर्बता दिएको भए पनि केही सामनहरू धनगडीमा र केही सामन बिदेशबाट नआएका कारण ढिलाइ भएकाे उनले बताए । केही सामान चिनबाट आउन ढिलाई भएकोले समस्या भएको बताएका छन । अबको केही दिनमा सडक सुचारू हुने बित्तिकै सामान उपकरण ल्याउने तयारीमा रहेकाे डाक्टर जाेशीकाे भनाइ रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार