बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • ५५ करोडमा बिक्यो कंगनाको ‘थलाइवी’, हलसँगै ओटीटीमा रिलिज हुने

५५ करोडमा बिक्यो कंगनाको ‘थलाइवी’, हलसँगै ओटीटीमा रिलिज हुने

  • बिहिबार, भदौ २४, २०७८
५५ करोडमा बिक्यो कंगनाको ‘थलाइवी’, हलसँगै ओटीटीमा रिलिज हुने

बलिउड नायिका कंगना रनावत अभिनित चलचित्र ‘थलाइवी’ सिनेमा भवनसँगै ओटीटीमा पनि रिलिज हुने भएको छ । यो चलचित्र भोलीबाट सिनेमा हलमा रिलिज हुँदैछ । केही दिन अगाडि मात्र कंगनाले चलचित्र रिलिजको बिषयमा सिनेमा हल संचालकहरुसँग आक्रोश व्यक्त गरेकी थिइन् । भारतका विभिन्न भाषामा रिलिज हुन लागेको यो चलचित्रको हलको विवाद टुंगिएको छ । योसँगै चलचित्र अब ओटीटी प्लेटफर्ममा पनि रिलिज हुने भएको छ ।

यो चलचित्रलाई नेटफिलक्सको साथै अमेजन प्राइमले खरिद गरेका छन् । यी दुबै प्लेटफर्ममा यो चलचित्र एकसाथ रिलिज हुनेछ । चलचित्रका निर्मातालाई ओटीटीबाट ५५ करोड रुपैयाँ आम्दानी भएको छ । यो चलचित्र भारतको महाराष्ट्रमा भने रिलिज हुनेछैन । महाराष्ट्र सरकारले अझै पनि हल खोल्नका लागि अनुमती दिएको छैन ।

नायिका कंगना रनावतले महाराष्ट्र सरकारसँग हल खोल्न आग्रह गरेकी छिन् । यो चलचित्र हलमा रिलिज भएको २ सातापछि ओटीटीमा रिलिज हुनेछ । यो चलचित्रमा कंगनाले भारतकी राजनीतिज्ञ जयललिताको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रलाई समिक्षकले उच्च रेटिङ दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार