बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • बाजुरामा कोरोना खोप लगाउनेको भीड : थप जोखिम बढ्न सक्ने !

बाजुरामा कोरोना खोप लगाउनेको भीड : थप जोखिम बढ्न सक्ने !

  • सोमवार, भदौ २१, २०७८
बाजुरामा कोरोना खोप लगाउनेको भीड : थप जोखिम बढ्न सक्ने !

बाजुरा — बाजुराका स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाउन बढी मात्रामा भिडभाड भई अव्यवस्थित भएको छ । बढ्दो भिडभाडका कारण कोरोना संक्रमणको थप जोखिम बढ्ने देखिएको छ ।
प्रदेश सरकार सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देसनालय स्वास्थ्य कार्यालयय , बाजुरा स्वास्थ्य प्रबर्धन इकाई, सदरमुकाम मार्तडी बडिमालिका नगरपालिकामा सीमित खोप केन्द्र रहेका कारण खोप लगाउनेहरुको भीड बढ्दै र खोप लगाउनेहरुको लाईन अव्यवस्थित भएकाले जोखिम बढ्न सक्ने जाेखिम पनी रहेकाे देखिन्छ ।
सरकारले १८ वर्ष माथिकालाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम अन्तर्गत सदरमुकाम मार्तडीमा सोमबार देखि दोस्रो चरणको भेरोसियल खोप अभियान सुरू भएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ।

सदरमुकाम मार्तडीमा दोस्रो चरणको खोप सुरु गरेकोले खोप केन्द्रमा खोप लगाउनेको बढी भीडभाडले गर्दा कतिपय सर्वसाधारणहरु त्यसै फर्किएका छन । यस्तै व्यवस्थापन फितलो र भिड व्यवस्थापन नहुँदा कोरोना खोप लगाउन सर्वसाधारणहरुलाई सास्ती भएको छ । अर्काे तर्फ सर्वसाधरणले समेत कुनै भौतिक दुरी र स्वास्थ्य मापदण्ड पालना नगर्दा जोखिमको समस्या बढ्ने सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार