शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • काँग्रेस बलियो भए मात्र लोकतन्त्र र संबिधान बलियो हुन्छ 

काँग्रेस बलियो भए मात्र लोकतन्त्र र संबिधान बलियो हुन्छ 

  • सोमवार, भदौ २१, २०७८
काँग्रेस बलियो भए मात्र लोकतन्त्र र संबिधान बलियो हुन्छ 
      दयामराम पण्डित

यतिबेला नेपाली काँग्रेसलाई जीवन्त राख्न १४ औं महाँधिबेशनको महाँसंग्राम चलिरहेको छ । २०७२ सालमा शेरवहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय नेतृत्वको पदावधी सकिएको एक वर्ष छ महिना पुुग्यो ।
काँग्रेस बिधानतः नेतृत्वलाई विधिवत चार वर्ष । विषम परिस्थितिमा थप एक वर्ष , त्यसपछि अन्तिममा ६ महिना कार्य अवधि थप गर्न सक्ने कानुनी प्राब्धान देखिन्छ । त्यो पनि काँग्रेसले भरपुर प्रयोग गरिसकेको छ । काँग्रेसले बिधिको शासन अख्तियार गर्छ । तर, आफूू विधि र परिधि भित्र रहन्न भन्नेहरुले अड्कल काट्न थालिसकेका थिए ।
भदौको तेस्रो साता देखि समग्र काँगे्रसजनका लागि बैधानिकताको प्रश्नचिन्ह खडा हुँदै थियो । ढिलै भएपनि नेपाली काँग्रेस भाद्र १८ गते देखि १४ औं माहधिबेशनको मैदानमा उत्रेको छ ।
स्खलित काँग्रेस पार्टीलाई एक पटक पुनः नेपाली नागरिकका सामुु लोक सम्मत पद्यति प्रति यो महासँग्रामले आफ्नो प्रतिबद्धता देखाएको छ । गाउँ बस्तीबाट काँग्रेस जुुुर्मुराएको आभास हुन्छ । जताततै काँग्रेस महाँसंग्रामको चर्चा परिचर्चा सुनिछन् । काँग्रेस नेतृत्वले बिधानले दिएको अधिकार प्रयोग गरेको छ। गाउँबाट यनकि काँग्रेसको जग बलियो बनाएकोछ । महाधिबेशनको पूर्व सन्ध्यामा जुन लोकतान्त्रिक विधीको पलाना ,आचारण र व्यवहार देशभरका गाउँ बस्तिबाट देखाएको छ । यो अरु राजनीतिक दलका लागि पनि अनुसरण योग्य छ । अझ युवाको सक्रिय सहभागिता र नेतृत्व , त्यो पनि सर्बसम्मत भएका खबर प्रापत भएका छन् । यसले अब देश युवाको काँधमा आएको बुुझ्न सकिन्छ । यसका लागि काँग्रेस नृत्वलाई साधुवाद ! गाउँ देखिको आन्तरिक श्वच्छ प्रतिस्पर्धाले बाह्य प्रतिश्पर्धा गर्न सहजता हुन्छ । आन्तरिक लोकतन्त्रका पिलर बलिया हुन्छन् । ”
३५ जिल्लाका वडातहमा तोकिएकै समय भदौ १८ गते निर्वाचन भई मत परिणाम पनि आईसकेको छ । गाउँको प्रारम्भिक मत ले सर्बसम्मत नेतृत्व चयनको परिणमा दिदा काँग्रेसजनहरु उत्साहित छन् । क्रियाशिल सदस्यको नामावली प्रकाशन भएका ५६ जिल्लाको निर्वाचन परिणाम सातादिनमा आउला । आशा गरौं ,बाँकी २१ जिल्लाका क्रियासिल सदस्यता यहि भदौ अन्तिम साता सम्म टुुँगो लाग्ने छ ।
तथापी क्रियाशील सदस्यलार्ई भोट बैंकको रुपमा प्रयोग गरिनुहुन्न । कस्तो नेता छान्ने भन्ने अधिकार क्रियाशीलको हातमा छ । झण्डै नौ लाख क्रियाशील सदस्य रहेको काँगे्रस पार्टी देशको कुल जनसँख्याको ३ दशंलव तिन/तिन प्रतिसत जनसंख्या हो । सामान्यतया काँगे्रसका यि क्रियाशील सदस्यले प्रत्यक्ष राजनीति गर्ने हैसियत राख्ने जनसँख्या हो । यिनिहरुबाट चुनिएर आएका नेताहरु पार्टी चलाउछन् र जनमत प्राप्त गर्नसके तिनै नेताले देश चलाउँछन् ।

खासमा नेपालको राजनीति पेरिफेरिमा दशक अगाडि दुुई कुरा खड्कीन्थे । एक परम्परावादी सोचमा आधारित राजनीति , जो आफ्नो पृत्यानो बिडों थाम्नकै लागि हरकत गरिरहन्थे ।अर्को क्रान्तिकारी बिचारको प्रदर्शन । जो परम्परावादलाई प्रास्त गर्दै नयाँ युगिनमा प्रबेश गर्न चाहान्थे । तसर्थ यिनि दुुईका वीच लामो द्वन्द चल्यो । अन्ततः राजनीतिक द्वन्दले समाज रुपान्तरण गरी छोड्यो । यनकि परिवर्तन जोकोहीले चाहन्छन् । पुरानो राजतन्त्र, कुलिनतन्त्र बिरुद्धको आन्दोलन थियो । जो नेपाली जनताले २०६२/०६३को आन्दोलन पछि राजसंस्था विस्थापित गरीसकेका छन् । लोकतान्त्रिक गणतन्त्रको संस्थागत भैसक्यो । मलाई लाग्छ नेपालमा राजनीतिक परिवर्तनको एजेण्डा अहिलेका नेपाली नागरिकको एजेण्डा हुंदै हैन । संसारको सब्भन्दा सुप्रिम व्यवस्था “लोकतन्त्र ”अझ नेपालमा त लोकतान्त्रिक गणतन्त्र ल्याईसकेयौं ।
यो एजेण्डा क्लोज भैसक्यो । अबको एजेण्डा लोकतन्त्र र संविधानको रक्षा गर्दै आर्थिक सामाजिक सांस्कृतिक र शैक्षिक समृद्धी हुन् ।
“ संसारमा एजेण्डा विहन कुनै क्रान्ति सफल भएका छैनन् । जसले समग्र समाज रुपान्तरणका एजेण्डा बोक्छ त्यो नै सफल हुन्छ र शृजनशील समाजमा स्थापित गर्छ । हाम्रो समाज राजनीतिक रुपान्तरणको दिशामा हैन समाज रुपान्तरणको दिशान्मुख छ ।
समाज रुपान्तरणको उदाहरण मार्टिन लुुथरकिंगको एजेण्डालाई लिन सकिन्छ । जो नागरिक अधिकारको रक्षाको निम्ति अफ्रिकी -अमेरिक निग्राको सामाजिक एजेण्डा बोकेर र नेतृत्व सम्हाले । अमेरिकामा १ जनवरी, १८६३ मा दासप्रथाको औपचारिक अन्त्य भयो तर त्यसको एक शताब्दीसम्म पनि काला जातिहरूप्रति विभेदकारी नीतिहरू विद्यमान थिए ।
“काला जातिका विद्यार्थी पढ्ने स्कुल अलग हुन्थ्यो, बसको अगाडिका कम्तीमा पनि १० सिट गोराहरूको लागि आरक्षित हुन्थ्यो, काला जातिहरू बसको पछाडिको ढोकाबाट र गोराहरू अगाडिको ढोकाबाट छिर्नुपर्ने अनि गोराहरू बसमा पस्दा सिट नभएमा कालाहरूले सिट छोडिदिनुपर्ने कुसंस्कार थिए । ”
त्यहाँका काला जातिले ३८१ दिन बस बहिस्कार गरे । अन्तमा अमेरिकी अदालतले बसमा काला र गोरा जातिलाई अलग सिट राखिने प्राब्धानलाई असंवैधानिक ठहर गर्‍यो ।
मार्टिन लुथर किङ अमेरिकी इतिहासले लादेको अन्याय विरुद्ध लड्ने ऐतिहासिक पात्र तथा काला जातिका नक्षत्र बने । जसले अफ्रिकन अमेरिकन माथि हुने गरेको सामाजिक अन्याय, विभेद र अत्याचारका विरुद्ध अहिंसात्मक आन्दोलन गरे । नागरिक अगुवाको रूपमा काम गरे । समाज रुपानतरणका लागि अमेरिकी नागरिक माव अधिकारीबादी नेता मार्टिन लुुथरकिंग झै नागरिक एजण्डा सेटिंग गर्न सक्छौं ? के उनले अमेरिकालाई जातीय बिभेद अन्त्य गराउन गोरालाई गाली र हिंशाको माध्याम अपनाएर जित हात पारेका हुन् ? हैन, माया प्रेम र सद्भाव कै कारण समाज परिवर्तन गरे । हामी अर्काको विरोध मात्र गर्छौं आफु के गर्छौं थाह छैन !

त्यस्तै हामी बिपिवाद मान्छौं , बिपिले आफ्ना उत्कृष्ट भनाइलाई आत्म सात गर्न सकेका छौं त ? उहाँले भन्न भएको छ । “कुनै वर्ग वा सम्प्रदायसित हाम्रो शत्रुता कदापी छैन। नेपालमा बस्ने वा ऊ सित कुनै प्रकारको सम्बन्ध हुने सबै व्यक्ति हाम्रा दाजु-भाई हुन्। सम्पूणर् देशको उन्नति नै हाम्रो अभिष्ट लक्ष हो। यसकारण कुनै वर्ग बिशेषले हामीबाट व्यक्तिगत अनिष्टको आशंका गर्नु उचित छैन। हाम्रो निमित्त सबैको सहायता ग्राह्य छ र हामी जाति, वर्ग वा कुलको पर्वाह नगरी योग्यताको विचार गर्दै सबका सहायक बन्ने छौँ। सम्पूणर् राष्ट्रको उन्नति र अभ्यूदयमा नै हामी प्रयत्नशील रहेका छौं ।
त्यस्तै महान भारत देशका “पिता” अहिंसाका पूजारी माहात्मा गान्धी जस्तै समाज रुपान्तरणका लागि सादगी जीवन यापनगर्न तत्पर छौं ?
उदाहरणका लागि हिन्दीमा लेखिएको सानो स्मरण ः गाँधी जी का मानना था कि अगर एक व्यक्ति समाज सेवा में कार्यरत है तो उसे साधारण जीवन (कष्mउभि षिभ) की ओर ही बढ़ना चाहिए जिसे वे ब्रह्मचर्य के लिए आवश्यक मानते थे। उनकी सादगी (कष्mउष्अिष्तथ) ने पश्चमी जीवन शैली को त्यागने पर मजबूर करने लगा और वे दक्षिण अफ्रीका में फैलने लगे थे इसे वे “ख़ुद को शुन्य के स्थिति में लाना“ कहते हैं जिसमे अनावश्यक खर्च, साधारण जीवन शैली को अपना और अपने वस्त्र स्वयं धोना आवश्यक है । छढेएक अवसर पर जन्मदार की और से सम्मुदय के लिए उनकी अनवरत सेवा के लिए प्रदान किए गए उपहार को भी वापस कर देते हैं । ” (महात्मा गांधी मुक्त ज्ञान कोषबाट )।
सारमा गान्धी झै नागरिक स्वतन्त्रताका लागि के हाम्रा गान्धीवादी नेता उदार छन् ? के हामी बिदेशी कपडा पत्यिाग गरी स्वदेशी कपडामा रमाउन सक्छौं ? साधा दालभात रोटी तरकारी खाएर बस्न सक्छौं ? आफ्नै चर्खा घरबुनाको प्रयोग गर्न सक्छौं ? , अनावस्यक खर्च नियन्त्रण गर्न सक्छौं ? हो समाज रुपान्तरणका लागि गान्धीको जस्तो सादगी जविन हामीमा हुन आबस्यक छ ।
प्रजातन्त्रका पिता भनेर चिनिने अब्राहन लिंकन भन्नुहुन्छ ः “म राम्रो गर्छुु त्यो मलाई राम्रो लाग्छ अनि सन्तुुष्टी महशुस हुन्छ । वा म नराम्रो गर्छु त अनि मलाई नरामै्र महशुस हुन्छ यहि मेरो धर्म हो ।” सारमा हाम्रा नेताले गरेको गल्ती कम्जोरी कहिलै महशुस गर्नुभएको छ ? समाज रुपन्तरणका लागि प्रतिनीधि पात्र हैन कुशल नेता बन्ने चेष्टा हाम्रा नेताले गर्नुुपर्छ ।

लोकतन्त्र र संबिधानको संरक्षण मानव अधिकारको रक्षा गर्न र समाज पविर्तन गर्न गुँट उपगुुँट बनाएर सम्भव छैन । यसले विनाश र विध्वशं तिर धकेल्छ । सामाजिक सञ्जाल र भाषणमा गाली गरेर पनि सम्भव छैन । सम्भव छ त केबल नेपाली जनताको आर्थिक सामाजिक समृद्धीको एजेण्डा कस्ले बोक्न सक्छ ? तिनै नेताको सम्भावना छ ।
कतिपय नेता राज्यका तिनवटै तहमा जनप्रतिनीधिका रुपमा छन् । तिनिहरुले जनहित र लोकतन्त्रको पक्षमा कति काम गरेका छन् ?यिनको पनि पार्टीले मुल्यांकन गर्नु पर्छ । मूल्याँकनका आधारमा नेता चुन्ने नचुन्ने ति क्रियाशील सदस्यको हातमा छ । यसलाई कांग्रेस नेतृत्व पहिचान गर्न सक्ने अबसरका रुपमा लिन सकिन्छ । सग्रमा युद्ध जित्न विपक्षलाई गाली गरेर हैन स्नेह ले जित्न सक्नुपर्छ त्यो अभ्यासमा कांग्रेस नेताले जानुपर्छ अनि कांग्रेस बलियो हुन्छ काँग्रेस बलियो भएमात्र लोकतन्त्र र संविधान बलियो हुन्छ । ईति …………………

चर्चामा

सम्बन्धित समाचार