शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बजार
  • चाडपर्वका लागि असोज १ देखि सुपथ मूल्य पसल, अनलाइन टिकेटिङ हुने

चाडपर्वका लागि असोज १ देखि सुपथ मूल्य पसल, अनलाइन टिकेटिङ हुने

  • सोमवार, भदौ २१, २०७८
चाडपर्वका लागि असोज १ देखि सुपथ मूल्य पसल, अनलाइन टिकेटिङ हुने

नजिकिँदो दशैँ, तिहार, छठ जस्ता चाडपर्वका लागि आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनको तयारी भएको छ । आइतबार मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले असोज १ गतेदेखि छठपछिको एक हप्तासम्म सुपथ मूल्य पसल सञ्चालन गर्न उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवस्था मिलाउने गरी निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले जानकारी दिए ।

यस्तै बजार अनुगमनलाई व्यवस्थित गर्न आपूर्ति मन्त्रालयले अन्य निकायहरुको समन्वयमा विस्तृत कार्ययोजना बनाइ १५ दिनभित्र पेश गर्ने निर्णय पनि भएको उनले बताए ।

यसबाहेक चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालना गरी सहज यात्राको व्यवस्थापनका लागि कार्यहरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार