आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • नेपाल रेडक्रस सोसाईटी बाजुराको आयोजनामा नगर स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

नेपाल रेडक्रस सोसाईटी बाजुराको आयोजनामा नगर स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • आइतवार, भदौ २०, २०७८
नेपाल रेडक्रस सोसाईटी बाजुराको आयोजनामा नगर स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

बाजुरा — नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराको आयोजनामा त्रिबेणी नगरपालिकामा नगर स्तरिय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी बाजुराको ५९ औँ स्थापना दिवसको अबसरमा त्रिबेणी नगरपालिकाको हलमा नगर स्तरिय बाल क्लवहरुको बक्तृत्वकला प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिहं रावलको प्रमुख आतिथ्यतामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको नेपाल रेडक्रस सोसाईटी बाजुरा बाल बिपत जोखीम न्युनिकरण परियोजन अधिकृत ईस्वरा सुबेदीले जानकारी दिएकी छन ।

May be an image of 4 people, people sitting and people standing
बिपत जोखीम न्युनिकरणमा बाल संजालका सदस्यहरुको भुमिका भन्ने शिर्षकमा गरिएको बक्तृत्वकला कार्यक्रममा वोल्ने वक्ताहरुले विद्यार्थीहरुको वोल्ने कलाको विकासमा टेवा पुर्‍याउने भन्दै बाल समुहका पदाधिकारीहरुले कितावी ज्ञान सँगै वाहिरी ज्ञानको पनि आवश्यक हुनु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाका मन्त्री मेघराज जोशीको अध्यक्षतामा संचालन भएको रेडक्रस बाजुराले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासघ बाजुराका बरिष्ठ उपाअध्यक्ष पदम बहादुर सिहं, वडा अध्यक्ष कालु साउद, त्रिबेणी नगरपालिका उप प्रमुख राधिका सुनारले शुभकामना मन्तब्य राखेका थिए ।
उक्त प्रतियोगितामा नगरपालिकाका ९ ओटै वडाका बाल समुहका १५ जनाको सहभागीता रहेको थियो । प्रतियोगितामा ईस्वर साउद प्रथम भएका थिए भने मधु कुमारी बिक दोस्रो, किरण न्यौपाने दोस्रो र खेमराज भण्डारी सान्तोना भएका थिए । उक्त बक्तृत्वकला प्रतियोगितामा ९ ओटा बाल क्लवका १५ जनाको सहभागिता रहको थियो ।

May be an image of 1 person and standing
नेपाल रेडक्रस सोसाइटी बाजुराका सामाजिक परिचालक टंक प्रसाद न्यौपानेले संचालन गरेका थिए । सो कार्यक्रमको स्वागत नेपाल रेडक्रस सोसाईटी बाजुराका कोषाध्यक्ष देवराज न्यौपानेले गरेका थिए भने कार्यक्रमको उद्धघाटन त्रिबेणी नगरपालिकाका नगर प्रमुख तथा सो कार्यक्रमका प्रमुख अतिथि रामसिहं रावलले गरेका थिए ।

May be an image of 1 person
नेपाल रेडक्रस सोसाईटीको बार्षिक उत्सवमा त्रिबेणी नगरपालिकाकालाई कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सघाउ पुगोस भन्ने उदेस्यले स्वास्थ्य साम्रगी समेत सहयोग गरेको सो सामान नेपाल रेडक्रस सोसाईटी बाजुराका मन्त्री जोशीले नगरपालिका उप प्रमुख राधिका सुनारलाई हस्तान्तरण गरेका छन । त्यसै गरी त्रिबेणी नगरपालिकाका ९ ओटै बाल समुह र नगर स्तरिय बाल समुह गरि १० ओटा बाल समुहका अफिस ब्यबस्थापन साम्रगी समेत बाल समुहलाई हस्तान्तरण गरेको नेपाल रेडक्रस सोसाईटी बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार