शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • गाउँपालिकाका उपाध्यक्षले गरिन काँग्रेस परित्याग

गाउँपालिकाका उपाध्यक्षले गरिन काँग्रेस परित्याग

  • शनिबार, भदौ १९, २०७८
गाउँपालिकाका उपाध्यक्षले गरिन काँग्रेस परित्याग

गोरखाको भीमसेन थापा गाउँपालिकाका उप-प्रमुख विनु वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेकी छिन्। नेपाली काँग्रेसको तर्फबाट गत स्थानीय निर्वाचनमा गोरखा जिल्ला भीमसेन थापा गाउँपालिकाबाट उप-प्रमुख बनेकी वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्; ‘आजबाट नेपाली काँग्रेस परित्याग गरी स्वतन्त्र भएको घोषणा गरेको छु।’

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन नजिकिदै गर्दा आज देशैभर वडा पार्टी स्तरीय अधिवेशन भएको थियो। जस अनुरूप गोरखाको भीमसेन थापा गाउँपालिका-१ मसेलमा पनि बिहीबार वडा स्तरीय अधिवेशन भएको हो । विभिन्न विवाद बीच भएको अधिवेशन समाप्त भएको केही समय बित्न नपाउँदै उप-प्रमुख वाग्लेले सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेकी हुन्। यद्यपि उनले पार्टी छाड्नुको कारण खुलाइएकी छैनन् ।

वाग्ले गत स्थानीय निर्वाचनमा गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिकाबाट माओवादी केन्द्रका उम्मेदवार लीला श्रेष्ठलाई करिब ९ सय मतले पराजित गरी विजय भएकी थिइन्। भीमसेन थापा गाउँपालिका -१ मसेलमा ३ सय ३७ जना नेपाली काँग्रेसका क्रियाशील सदस्यहरू छन्। जस अनुसार अल्पसङ्ख्यक र मुस्लिम सहित २८ जना केन्द्रीय प्रतिनिधिमा छनोट भएका छन्।

चर्चामा

सम्बन्धित समाचार