शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • जनताले सधै छानेका हुँन ईमानदार सम्झेर,

जनताले सधै छानेका हुँन ईमानदार सम्झेर,

  • शुक्रबार, भदौ १८, २०७८
जनताले सधै छानेका हुँन ईमानदार सम्झेर,

जनताले सधै छानेका हुँन ईमानदार सम्झेर,
दुश्मनका लागि यिनै हुनेछन खुँखार सम्झेर।

दिक्क लाग्न थाल्यो हिंजो आज हामि लाई,
यिनले जनता माथि गरेको ब्यबहार सम्झेर।

महा दुश्मन संग पनि घाँटि जोडे नेताहरुले,
सदियौँ देखिको घनिष्ट आफ्नै प्यार सम्झेर।

हामिले पाखा लगौनैपर्छ यो एम सीसीलाई,
देश जनताको बिचमा आउँने दरार सम्झेर।

हो एक दिन हिसाब मागेर छाड्छ जनताले,
नेताहरु सँग देशद्रोही र यिनै गद्धार सम्झेर।

सधैभरी सेते जस्ता चुप लागेर बसने छैनन्,
यिनलाई नादान अनि नयाँ सरकार सम्झेर।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार