शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • महिला मन्त्रीले दिइरहेकी थिइन् अन्तरवार्ता, छोराले क्यामरामा देखाउन थाले गाजर (भिडियो)

महिला मन्त्रीले दिइरहेकी थिइन् अन्तरवार्ता, छोराले क्यामरामा देखाउन थाले गाजर (भिडियो)

  • बुधबार, भदौ १६, २०७८
महिला मन्त्रीले दिइरहेकी थिइन् अन्तरवार्ता, छोराले क्यामरामा देखाउन थाले गाजर (भिडियो)

इन्टरनेटमा एउटा भिडियो यतिबेला चर्चित बनेको छ । यो भिडियो हो न्यूजिल्याण्डकी सामाजिक विकास मन्त्री कार्मेल सेपुलोनीको । वास्तवमा कार्मेल सेपुलोनी एक अन्तरवार्ता दिइरहेका बेला उनका छोरा कोठामा आएपुगे र गाजर देखाउन थाले । कार्मेल सेपुलोनी आफ्नो छोरालाई गाजर नदेखाउ भन्दै रोक्छिन् तर पनि उनी मान्दैनन् ।

सामाजिक विकासमन्त्री कार्मेल सेपुलोनी, रेडियो समोआसँग एक लाइभ जूम अन्तरवार्ताका दिइरहेकी थिइन्, त्यतिबेला उनका कान्छो छोरा आफ्नी आमालाई आफूले भेटेको अचम्मको देखिने गाजर देखाउन उत्साहित हुँदै कोठामा प्रवेश गरे । उनले गाजर देखाउन थाले जबकी मन्त्रीले उनलाई बारम्बार यसो नगर्न भनिरहेकी थिइन् ।

यो भिडियोलाई ७० हजारभन्दा बढी पटक हेरिसकिएको छ । कार्मेलले आफ्नो छोरा कोठाभित्र प्रवेश गरेपछि हतारमा माफी माग्दै भनिन्, ‘एक सेकेन्ड पर्खनुहोस्, मेरो छोरा कोठामा आयो ।’
यद्यपि, उनका छोराले मुस्कुराउँदै गाजर देखाउन जारी राखे । त्यसपछि मन्त्री गाजर खोस्न कोसिस गर्न थालिन् । पछि उनका छोरा कोठाबाट बाहिरिए ।

मन्त्री कार्मेल सेपुलोनी जब आफ्ना छोरासँग गाजर खोसिरहेकी थिइन् तब उनले छोरालाई भनिन्, ‘म एक अन्तरवार्ता गरिरहेकी छु र म अनलाइन छु ।’ त्यसपछि उनका छोराले जवाफ दिए, ‘ओह’ ।

मन्त्रीले पछि ट्वीटरमा यो रोचक घटनाबारे कुरा गर्दै भनिन्, ‘म त्यतिबेला अपमानित महसुस गरिरहेकी थिए । अब यो घटना याद गरेर आफ्नो हाँसो रोक्न सकिरहेकी छैन ।’

मन्त्री कार्मेल सेपुलोनीले ट्वीटरमा लेखिन्, ‘त्यो क्षण जब तपाईं जूममा एक लाइभ अन्तरवार्ता गरिरहनु भएको छ र तपाईंको छोरा चिच्याउँदै कोठामा आएर एउटा अचम्मको गाजर देखाउन थाल्छन् । हामी क्यामरामा गाजरका लागि लगभग कुस्ती गरिरहेका थियौं र अब मलाई यो सम्झिँदा हाँसो लागिरहेको छ, तर त्यतिबेला त्यस्तो लागेको थिएन !’

That moment when you’re doing a LIVE interview via Zoom & your son walks into the room shouting & holding a deformed carrot shaped like a male body part.  Yes, we were almost wrestling over a carrot on camera, and yes, I’m laughing about it now but wasn’t at the time! 

चर्चामा

सम्बन्धित समाचार