बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचित्र संसार
  • एक अपराधीलाई मात्रै मारेको डेढ सय वर्ष पुरानो बन्दुक, जुन ७० करोडमा लिलाम भयो

एक अपराधीलाई मात्रै मारेको डेढ सय वर्ष पुरानो बन्दुक, जुन ७० करोडमा लिलाम भयो

  • बुधबार, भदौ १६, २०७८
एक अपराधीलाई मात्रै मारेको डेढ सय वर्ष पुरानो बन्दुक, जुन ७० करोडमा लिलाम भयो

सिरियल किलर, डाँका, बलात्कारी जस्ता अपराधीहरुको प्रहरीले इन्काउन्टर गरेका घटनाहरु तथा विश्वभर नै सुनिन्छन् । त्यस्ता घटना तथा कथाहरुमा आधारित रहेर फिल्महरु पनि बन्ने गरेका छन्, उपन्यास पनि लेखिएका छन् । प्रहरी तथा जाँच एजेन्सीहरुले त्यस्ता अपराधीको मृत्यु पश्चात् पनि उनीहरुसँग सम्बन्धित विभिन्न सबूतहरुलाई वर्षौंसम्म सुरक्षित राख्दछन् ।

यस्तै एकजना खुंखार अपराधीको इन्काउन्टर गर्नका लागि प्रयोग प्रयोग एउटा बन्दुक झण्डै ७० करोड रुपैयाँमा लिलाम भएको छ । अमेरिकामा हालै भएको लिलामीका क्रममा यक्त पेस्तोल संसारकै महंगो पेस्तोलका रुपमा बिक्रि भएको छ । आजभन्दा झण्डै डेढसय वर्ष अगाडि एकजना हत्याराको इन्काउन्टरका क्रममा मात्र एकपटक प्रयोग भएको थियो सो पेस्तोल । अमेरिकी कुख्यात तथा खतरनाक अपराधी बिली द किडलाई मार्नका लागि सोही पेस्तोलको प्रयोग भएको थियो ।

पेट ग्यारेटले सोही पेस्तोलबाट गोली प्रहार गर्दा बिलीको मृत्यु भएको थियो । डेलीमेलको एक रिपोर्ट अनुसार अप्रत्यासित रुपमा यो पेस्तोल ६० लाख डलरमा लिलाम भएको हो । लिलामी गर्ने संस्था बोनहम्सलाई सो पेस्तोलको मूल्य यतिधेरै पर्छ भन्ने अनुमान नै थिएन । तर यो अनुमानित मूल्यभन्दा दोब्बरमा किनियो र संसारकै महंगो पेस्तोल बन्न सफल भयो ।

स्मरण रहोस् बिली द किडको खास नाम हेनरी म्याककार्टी थियो । ८ जना मानिसहरुको हत्याको आरोपमा उनलाई १८८१ मा मात्र २१ वर्षको उमेरमा मृत्युदण्डको सजायँ सुनाइएको थियो । तर उनी जेलबाट फरार भए । केही महिनापछि उनलाई प्रहरीले फेला पार्यो र १४ जुलाई १८८१ मा उनको इनकाउन्टर गरियो ।

बिलीलाई मार्नका लागि प्रयोग गरिएको उक्त पेस्तोल टेक्सासमा बस्ने जिम र थेरेसा अर्ली दम्पत्तिले राखेका थिए । उनीहरुसँग विभिन्न पूराना हातहतियारको संकलन नै छ । जिमको सन् २०१९ मा निधन भैसकेको छ । पत्नी थेरेसाकै आग्रहमा सो पेस्तोल लिलाम गरिएको थियो ।

–एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार