• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बडिमालिका नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • शनिबार, भदौ १२, २०७८
बडिमालिका नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाले आर्थिक बर्ष ०७७/०७८मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
बडिमालिका नगरपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रगंमल बिकले बताए ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकाया रहेका थिए ।
कार्यक्रममा नगरपालिकाका उप प्रमुख कबिता बिष्ट प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी लगायत जिल्ला स्थित सुरक्षा निकाएका प्रमुखहरु, जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधी, जनप्रतिनिधी तथा सरोकारवालाका साथै जिल्ला स्थित पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजिकरण नगरपालिकाकै कर्मचारी बिरेन्द्र रावलले गरेका थिए भने नगरपालिकाको सम्पन्न कार्यक्रम प्रतिबेदन प्रस्तुत नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक र स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार