शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • चैन्पुर ताक्लाकोट सडक पहिरोका कारण अवरुद्ध:जयपुथ्वीनगरपालिका मौन

चैन्पुर ताक्लाकोट सडक पहिरोका कारण अवरुद्ध:जयपुथ्वीनगरपालिका मौन

  • शनिबार, भदौ १२, २०७८
चैन्पुर ताक्लाकोट सडक पहिरोका कारण अवरुद्ध:जयपुथ्वीनगरपालिका मौन

अर्थ जङ्ग शाही/बझाङ्ग — लगातार अबिरल बर्षाका कारण जयपुथ्वी नगरपालिका-११ मा पर्ने कपडे पुल नजिकै माथिबाट पहिरो खस्दा चैन्पुर ताक्लाकोट सडकखण्ड अवरुद्ध बनेको छ।

सडकमा लेदो माटो र ढुंगासहितको पहिरो आएको भएपनि,पानी रोखिदाँ पनि सो पहिरोमा डोजर नलागेको हुदाँ स्थानियबाँसी र यातायात आवतजावतमा रोक्का परेका ब्यक्तिहरुले नगरपालिका र प्रशासन निकायप्रति आक्रोश पोखेका छन्।

पहिरोले सडक अवरुद्ध भएपछि सुनिकोट, धमेना, रुपातोला, तलकोट, तथा गाउँकै विभिन्न स्थानबाट चैन्पुर आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

अविरल बर्षाको कारण पहिरो खस्दा बाटो दुवैतर्फ पूर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय बझाङ्का डीएसपी रुपक खड्काले बताए।

चर्चामा

सम्बन्धित समाचार