• होमपेज
  • बडिमालिका
  • साहस नेपालद्धारा कोभिड प्रभाबित ११० परिवारलाई राहत बितरण

साहस नेपालद्धारा कोभिड प्रभाबित ११० परिवारलाई राहत बितरण

  • बिहिबार, भदौ १०, २०७८
साहस नेपालद्धारा कोभिड प्रभाबित ११० परिवारलाई राहत बितरण

बाजुरा — सहयोगी हातहरुको समुह साहस नेपाल नामक गैर सरकारी संस्थाले बाजुराको बडिमालिका नगरपालिका वडा न १ देखी ९ सम्मका सबै वडामा राहत बितरण गरेको छ । सहयोगी हातरुको समुह सहास नेपाल द्धारा संचालित क्ष्ल्ँ ग्प् को आर्थिक सहयोगमा कोभिड १९ को दोस्रो लहरका लागि तत्काल प्रतिकृया परियोजनाद्धाारा राहत साम्रगी बितरण गरेको साहस नेपालका परियोजना अधिकृत राम बहादुर खत्रीले बताएका छन ।
कोभिड १९ को प्रभाबमा परेका अति जोखिम घरपरिवारहरुका लागि बडीमालिका नगरपालिकाका १ देखि ९ वटै वडाका १ सय १० घरपरिवार लाई राहत बितरण गरिएको खत्रीले बताए । राहात बितरणमा दलित महिला घरमुली, दलित सुत्केरी महिला र अति बिपन्न घरपरिवारहरुको लागि राहात सामाग्री बितरण गरिएको खत्रीले बडिमालिका खवरलाई बताएका छन ।

राहात सामाग्रीमा चामल, तेल, साबुन, गेडागुडी, दाल, अण्डा र चिनी लगायतको सामाग्रीहरु आवस्यकताका आधारमा प्रति परिवार रु २ हजार बराबरको सामाग्री दिइएको साहस नेपालले जनाएको छ । यसरी जम्मा १ सय १० घरपरिवारहरुलाई दुई लाख बिस हजार बराबरको सामाग्री बितरण गरिएको सहास नेपाल समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अधिकृत खत्रीले बताएका छन ।
यस कार्यक्रमको उद्धेश्य कोभिड १९ को बेला रोजागर गर्न नसकेर आयआर्जन गर्न नपाएका दलित सुत्केरी महिला, दलित महिला घरमुली परिवार र अति बिपन्न घरपरिवारलाई यो समयमा हुने भोकमरीमा भएको सहयोगले खाद्य तथा पोषणमा सहयोग पुगोस भन्ने रहेको उनले बताए । साहस नेपालले यस अघि पनि कोरोनाका कारण समस्यामा परेका समुदायहरुलाई पनि सहयोग गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार