• होमपेज
  • बडिमालिका
  • जिल्ला अस्पताल बाजुरा र प्रतिनिधि सभा सदस्य लालबहादुर थापा बिच अन्तक्रिया कार्यक्रम

जिल्ला अस्पताल बाजुरा र प्रतिनिधि सभा सदस्य लालबहादुर थापा बिच अन्तक्रिया कार्यक्रम

  • सोमवार, भदौ ७, २०७८
जिल्ला अस्पताल बाजुरा र प्रतिनिधि सभा सदस्य लालबहादुर थापा बिच अन्तक्रिया कार्यक्रम

बाजुरा — जिल्ला अस्पताल बाजुरा र प्रतिनिधि सभा सदस्य लालबहादुर थापा बिच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अस्पतालले दिई रहेको सेवा समस्य र समधानका बिषयमा अन्तक्रिया कार्यक्रम गरिएकाे हाे । साे कार्यक्रममा जिल्ला अस्पताल बाजुराकाे सेवा सुबिधा र समस्याका बिषयमा छलफल गरिएकाे जिल्ला अस्पताल  बाजुराका ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले बताए ।
कोरोना महामारीका बिच निर्माणधिन अस्पतालकाे भौतिक संरचनाको अभाबको बिचमा जिल्ला अस्पताल बाजुराले दिईरहेको सेवाको बारेमा छलफल भएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर प्रकाशराज जोशीले बताए । भौतिक संरचना, दरबन्दि अनुसार कर्मचारी अभाव लगाएत थुप्रै कुराको समस्यका बाबजुद पनि अस्पतालले दिईरहेको सेवाको  बिषयमा अन्तरकृया  कार्यक्रममा सहभागीहरुले प्रशंसा गरेका छन् ।
कोराना महामारीमा अस्पतालमा उपलब्ध कर्मचारीहरुको अथक मेहनतले देशका अन्य जिल्लाको भन्दा बाजुराले कम क्षेति बेहोरेको छ । आगामी दिनमा पनि क्षेति हुन नदिन अस्पताल ब्यबस्थापन समिति लगाएत कर्मचारीहरु लागि परेको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले बताए ।
भदौ महिना भित्र पीसिआर ल्याब जडान, अक्सिजन प्लान्ट जडान, जिल्ला अस्पतालको आफ्नै एम्बुलेन्स र सब बहान उपलब्ध हुने गरि काम भईरहेको अस्पतालका प्रमुख डाक्टर प्रकाशराज जोशीले बताए ।
बाजुरामा थाईराईटका बिरामीहरुको संख्या धेरै भएको र उपचारको लागि धनगढी नै जानु पर्ने भएकोले किलिया मेसिन नहुँदा बिरामीहरुले समस्या झेल्नु परेकोले त्यो समस्या समाधानको लागि माननीय लालबहादुर थापालाई पहल गरिन अनुरोध गरेका छन ।
त्यसै गरी साफेँ मार्तडी सडक खण्ड बन्दका कारण बिरामीहरुले बढी समस्य भोग्नु परेकोले बैकल्पीक बाटोको पहलको लागि अनुरोध गरिएको थियो । बाजुरामा कुपोषण दर देशकै सबैभन्दा बढी रहेकोले त्यासको न्यूनीकरणको लागि पहल गर्नु पर्ने कार्यक्रमका सहभागीहरूले बताएका छन ।
जवाफमा प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले अस्पताल निर्माणधिन अवस्थामा रहेकोले केन्द्रमा माग गर्न समस्या भएको बताए । धेरै गर्न सकीन्छ भौतिक संरचना छैन । भवन निर्माण कम्पनीलाई छिटो भवन निर्माणको काम सक्न बताएको छ । अबको एक बर्ष भित्र भवनको काम सकीन्छ । आफू बाजुराली जनताको जनजिवन रक्षाको लागि सदैव तम तयार भएर लागि पर्ने बताए ।
साफेँ मार्तडी सडक संचालनको लागि केहीले भन्ने गरेको बैकल्पीका बाटो भन्दा पनि त्यही सडक छेउछाउका नागरिकको न्याय हुने गरी काम अगाडी बढेको बताए ।
तत्कालकाले लागी कन्सन हुदै हरडे खोला मिलाउन प्राबिधिकसंग छलफलको भएको र कोरोनाका कारण केही ढिलो हुन गएको तर अब छिट्टै काम अगाडी बढ्ने बताए ।
सोमबार बिहान जिल्ला अस्पतालको हलमा भएको अन्र्तक्रिया कार्यक्रमको अध्यक्षता अस्पताल ब्यबस्थापन समितिका अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य लालबहादुर थापा रहेका थिए । भने अतिथिहरुमा नेकपा एमालेका प्रचार तथा प्रकाशन बिभाग प्रमुख अम्मर खड्का, जिल्ला कमिटी सचिवलय सदस्य काशी बिक , जिल्ला अस्पताल कार्यालयका प्रमुख डाक्टर प्रकाशराज जोशी पत्रकार, अस्पताल ब्यबस्तापन समितिका पदाधिकारी, अस्तालका कर्मचारी लगाएत उपस्थिति रहेको कार्यक्रमको संचालन सि अहेव नृपराज गिरीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार